नेपाल लाइफद्वारा मौलिक विषयवस्तुले भरिएको भिडियो सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2024 | 07:55:45 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल लाइफ इन्स्योरेन्सले यस वर्षको तिहारमा मौलिक विषयवस्तु समेटेरको भिडियो सामाग्री सार्वजनिक गरेको छ । प्रविधिको विकाससँगै डिजिटल दुनियाँमा हराउँदै गएका नयाँ पुस्तामा हाम्रो चाडवाडको रौनकता र परम्परागत मान्यताको बारेमा थोरै भएपनि ज्ञान होस् र हाम्रो मौलिकता युगौंयुगसम्म पनि जिवन्त रहोस् भन्ने उद्देश्यका साथ यो भिडियो बनाइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार तिहारले पारिवारिक खुसी अनि दाजुभाइ र दिदीबहिनी बिचको सम्बन्धलाई कसरी प्रगाढ बनाउँछ भन्ने कुरालाई पात्रहरूद्वारा गरिएको जिवन्त अभिनयले उजागर गरिदिएको छ । भिडियोमा अघिल्लो पुस्तामा चाडबाडको महत्त्व कस्तो थियो र आज कस्तो भएको छ भन्ने कुरालाई पनि उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ । समय, अवस्था र परिस्थिति जस्तोसुकै भएपनि हामीले वर्षैपिच्छे मनाउने चाडपर्वको मौलिक परम्परा जिवन्त रहिरहनुपर्छ । त्यसैले, यसलाई जोगाउन नयाँ पुस्तालाई विशेष अनुरोध समेत गरेको छ ।

समारोहमा बोल्दै यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले तिहार हाम्रो मौलिक पर्व रहेको र यसको सम्बर्धन तथा जगेर्ना गर्ने जिम्मेवारी पनि यसै पिढीमाथि रहेको हुँदा मौलिकतालाई कायम राख्दै हर्ष उल्लाससँग तिहार पर्व मनाउन सबैमा आग्रह गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved