बाढी पहिरोको बीमा दाबी झन्डै ११ अर्ब, भुक्तानी मात्रै ४७ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2024 | 11:10:24 AM मा प्रकाशित

laxmi sunrise bank

असोज १० गतेको अविरल वर्षाको कारण आएको बाढी पहिरोले पुर्याएको क्षतिको दाबी करिब ११ अर्ब रुपैयाँ पुगेको छ। कात्तिक २१ गतेको तथ्यांकअनुसार  १४ वटा निर्जीवन र चारवटा लघु निर्जीवन बीमा कम्पनीहरुमा ३ हजार ४६० वटा दाबीबाट १० अर्ब ५३ करोड रुपैयाँको दाबी परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ। 

जसमा सबैभन्दा बढी दाबी सिद्दार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ भने सबै भन्दा कम प्रोटेकटिभ माइक्रो इन्स्योरेन्समा परेको छ। प्राधिकरणकाअनुसार सिद्दार्थ प्रिमियरमा ५१० वटा दाबीबाट २ अर्ब ५६ करोड रुपैयाँ बराबरको दाबी परेको छ भने प्रोटेकटिभ माइक्रोमा ७ वटा दाबीबाट २ लाख ६० हजार रुपैयाँको दाबी परेको छ। 

३ हजार ४६० संख्याबाट ११ अर्ब रुपैयाँ बराबरको दाबी पर्दा मात्रै ६ सय ३७ वटा दाबीको करिब ४७ करोड रुपैयाँ मात्रै भुक्तानी भएको छ। जसमा शिखर इन्स्योरेन्सले २५ करोड १९ लाख रुपैया बराबरको ३४८ वटा दाबीको भुक्तानी गरेको छ। सबै भन्दा बढी दाबी परेको सिद्दार्थ प्रिमियरले भने ७ करोड ६७ लाख रुपैयाँ बराबरको ८० वटा मात्रै दाबीको भुक्तानी गरेको छ। 

अहिलेसम्म करिब ११ अर्ब रुपैयाँ बराबरको दाबी परेपनि यो अंक झरेर करिब ८ अर्ब रुपैयाँमा पुग्ने प्राधिकरणले जनाएको छ। अहिलेसम्म ग्राहक आफैंले मुल्यांकन गरेर दाबी गरेको रकम कम्पनी मार्फत प्राधिकरणमा आएकाले दाबी रकम ११ अर्ब बराबर देखिए पनि वास्तविक दाबी रकम घट्न सक्ने प्राधिकरणका निर्देशक तथा प्रवक्ता सुशीलदेभ सुवेदीले बताए। 

यस अघि: 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved