सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर बिक्रीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2024 | 11:23:46 AM मा प्रकाशित

सूर्यज्योति लाइफ इन्स्योरेन्सले शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५ लाख ८२  हजार ८५८ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्न लागिएको हो । शेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति कात्तिक २१ गते ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार एनआइसी एसिया क्यापिटल, ट्रेड टावर थापाथली काठमाडौंमा आवेदन दिन सकिनेछ ।

त्यस्तै तोकिएको अवधिमा संस्थापक सेयरधनीबाट शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थालाई  शेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved