‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत १६ हजार छोरीको बिमा

रासस

रासस

Nov 14, 2024 | 09:12:26 AM मा प्रकाशित

nepal oil ltd

मधेस प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत हालसम्म १५ हजार नौ सय ५३ छोरीको बिमा गरेको छ । मधेस प्रदेश सरकारको गौरवको आयोजनाअन्तर्गत महिला सशक्तीकरण तथा सामाजिक सुदृढीकरणको लोकप्रिय कार्यक्रमअन्तर्गत सो बिमा गरिएको हो ।

मधेस प्रदेशको शिक्षा विकास निर्देशनालयका अनुसार सो बिमाबापत रु ५९ करोड ७५ लाख खर्च भएको छ ।आर्थिक, शैक्षिक तथा सामाजिक रुपमा पछाडि परेका छोरीहरुको उत्थान तथा महिला सशक्तीकरणका लागि बिमा गरिएको निर्देशनालयका सूचना अधिकारी किशोरी कापरले जानकारी दिए। 

उक्त अभियानअन्तर्गत साइकल वितरण, छोरी शिक्षा बिमा, छात्रामैत्री शौचालय निर्माण, लोकसेवा तयारी कक्षा, सेनेटरी प्याड वितरण तथा छात्रवृत्तिको व्यवस्था गरिएको थियो । तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा सुरु भएको सो अभियानअन्तर्गत छोेरी शिक्षा कार्यक्रम मात्र सञ्चालन भइरहेको छ भने अन्य कार्यक्रम प्रभावकारी नभएको गुनासो छ ।

यसैगरी छोरी शिक्षा बिमा कार्यक्रमअन्तर्गत २०७८ साल माघ १ गतेपछि जन्मिएका प्रत्येक बालबालिकाको २० वर्षका लागि रु ३७ हजार चार सय ५७ ग्लोबल आईएमई बैंकमा मुद्दति खातामा बिमा गर्ने व्यवस्था गरिएको छ । बीमित किशोरीले २० वर्षपछि रु तीनलाख पाउने छन् । तर त्यसका लागि बीमित छोरीले कक्षा १२ सम्म अध्ययन गर्नुपर्ने प्रावधान राखिएको छ । विवाह २० वर्ष अगाडि गरेमा उक्त बीमा प्राप्त गर्न नसक्ने जानकारी दिइएको छ ।

मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालनमा रहेको सो कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनपछि २०७८ सालदेखि शिक्षा विकास निर्देशनालयले  सञ्चालन गर्दै आएको छ । साइकल वितरणमा अनियमितता भएपछि अहिले साइकल वितरण पनि रोकिएको छ । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved