सिलवाल निलम्बनमा परेपछि बीमा प्राधिकरणको जिम्मेवारी सहसचिव दाहाललाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2024 | 09:30:37 AM मा प्रकाशित

laxmi sunrise bank

सरकारले नेपाल बीमा प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई अध्यक्षका रूपमा कामकाज गर्न खटाएको छ । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिल्वालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि निलम्बनमा परेका छन् । 

बीमा क्षेत्रको नियामक निकाय प्राधिकरणको अध्यक्ष नै निलम्बनमा परेपछि अर्थमन्त्रालयले सहसचिव दाहाललाई अर्को व्यवस्था नहुँदासम्म कामकाज गर्ने गरी खटाएको हो । बीमा ऐन, २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहेका दहाल बीमा प्राधिकरणको अध्यक्षका रूपमा कामकाज गर्नेगरी तोकिएका अर्थ मन्त्रालयले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved