
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन तथा विक्री खुला गर्ने घोषणा गरेको छ। कम्पनीले १०० रुपैयाँ प्रति कित्ता दरमा २२ लाख ५० हजार कित्ता आईपीओ वैदैशिक रोजगारीमा रहेका नेपालीका विक्री खुला गर्ने भएको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत लिई २२ करोड ५० लाख रुपियाँ बराबरको आईपीओ निष्कासन गर्दैछ । जसमध्ये पहिलो चरणमा साधारण शेयरको १० प्रतिशतले हुन आउने २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई विक्री खुला गरिने छ ।
इच्छुक आवेदकहरूले न्यूनतम १० कित्ताका लागि र अधिकतम १ लाख कित्ता शेयर खरिदको लागि माघ ८ देखि २२ गतेसम्म आवेदन दिन सक्नेछन्।
त्यस्तै कम्पनीले ३ प्रतिशतले हुन आउने ६७ लाख ५०० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेका १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला गर्नेछ ।
यस आईपीओको बिक्री प्रबन्धकको काम एनआइएमबि एस क्यापिटल लिमिटेडले गरेको छ।