दाबी भुक्तानीमा ढिलाइका कारणबारे अनुसन्धान गर्न अध्यक्ष दाहालको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2025 | 11:07:15 AM मा प्रकाशित

laxmi sunrise bank

इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल (आईआईएन) को छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा वार्षिक प्रतिवेदन पारित गर्दै बीमा क्षेत्रको विकासका लागि नयाँ योजना र सुझावहरू प्रस्तुत गरिएको छ। 

नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले साधारण सभाको उद्घाटन गर्दै बीमा तालिमसँगै दाबी भुक्तानीमा ढिलाइ लगायतका विषयमा अनुसन्धान गर्न निर्देशन दिएका छन्। उनले बीमा क्षेत्रको स्तरोन्नतिका लागि बीमा सर्भेयर र अभिकर्तालाई अनिवार्य तालिम दिने व्यवस्था गर्नुपर्नेमा जोड दिए। यसबारे अध्ययन गर्न समिति गठन भएको र प्राप्त सुझावलाई कार्यान्वयन गरिने बताए। 

अध्यक्ष दहालले बीमा तालिमलाई विकेन्द्रीकरण गरी देशभरका बीमा सर्भेयर र अभिकर्तालाई सहज बनाउने दिशामा आईआईएनले काम गर्नुपर्ने सुझाव पनि दिए। साथै, संस्थाका पूर्वअध्यक्ष राजुरमण पौडेललाई कदरपत्र प्रदान गरे। 

आईआईएनका अध्यक्ष दीप प्रकाश पाण्डेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले बीमा क्षेत्रमा विशेषज्ञता विकास र तालिमका लागि उल्लेखनीय योगदान गरिरहेको जानकारी दिए। प्रमुख कार्यकारी अधिकृत सुशीलदेव सुवेदीले आईआईएनले अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यमा विभिन्न तालिम र कार्यक्रमहरू सञ्चालन गरिरहेको र स्नातकोत्तर तहमा बीमा विषय अध्यापनका लागि काठमाडौं विश्वविद्यालयसँग सहकार्य भइरहेको बताए। 

सभामा जीवन बीमा, निर्जीवन बीमा, र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायतका शेयरधनीहरूको सहभागिता थियो। संस्थाले बीमा क्षेत्रमा थप प्रभावकारी भूमिका खेल्ने लक्ष्य राखेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved