नेशनल लाईफले ल्यायो बाल अमृत– ४ सावधिक बीमालेख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2025 | 04:31:46 PM मा प्रकाशित

laxmi sunrise bank

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना वरिष्ठ अभिकर्ताहरूको राय सुझाव र मागलाई मध्यनजर गर्दै कम्पनीको बहुचर्चित बाल अमृत बीमालेख अन्तर्गत बाल अमृत– ४ सावधिक बीमालेख प्रस्तुत गरेको छ ।

जुम मिटिङ मार्फत जोडिनु भएका कम्पनीका सवै प्रदेश तथा शाखा प्रमुख, मार्केटिङ कर्मचारीहरू, वरिष्ठ अभिकर्ताहरूका साथै केन्द्रीय कार्यालयका विभागीय प्रमुखहरू सम्मिलित एक समारोहका बिच प्रमुख कार्यकारी अधिकृतज्यूले यस बीमालेखको समुद्घाटन गर्नु हुँदै विगतमा पनि अभिकर्ता तथा बीमित वर्गहरूले अत्यन्तै रुचाएको बाल अमृत बीमालेखलाई अझ बढी परिष्कृत गरी बाल अमृत सावधिक बीमालेख – ४ योजना प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी लागेको र बाल बच्चाको सुमधुर भविष्यसँग सम्बन्धित यो योजना कम्पनीकै एक अव्वल योजना रहेको बताए ।

यस बीमालेख योजनाका विशेषताहरूका सम्बन्धमा बजार विभाग प्रमुख विवेक शर्माले प्रष्ट्याउनु हुँदै यस बीमालेखमा बीमितको प्रवेश उमेर न्यूनतम १ महिना ९३०० दिन र अधिकतम १५ वर्ष, प्रस्तावकको उमेर न्यूनतम २० वर्ष र अधिकतम ५० वर्ष सम्म रहने प्रावधान रहेको छ । यस बीमालेखमा प्रस्तावकको रूपमा बुवा, आमा वा कानुनी संरक्षक हुनुपर्नेछ ।

बीमांक रकम न्यूनतम १ लाख र अधिकतम आयस्रोतको आधारमा ५० लाख सम्म लिन सकिने यस बीमालेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गरेको हुन्छ र बीमाशुल्क मासिक, त्रैमासिक अर्धवार्षिक र वार्षिक रुपमा बुझाउन सकिने व्यवस्था गरेको छ । 

यसै गरी यस बीमालेख योजनामा अधिकतम बीमा समाप्ति उमेर ७० वर्ष रहेको छ साथै चुक्ता मूल्य, ऋण, समर्पण मूल्य र आयकर छुट लगायतका अन्य सुविधाहरु पनि यस बीमालेखमा रहेको बताए । यस बीमालेखलाई प्रवर्द्धन गर्ने उद्देश्यले बीमित तथा अभिकर्ताहरूका लागि बीमालेख आरम्भ सप्ताह प्रोत्साहन योजना पनि लागू गरिएको बताए । 

साथै उनले सम्पूण अभिकर्ता, बीमित र कम्पनीका शुभेच्छुकहरूले कम्पनीको मोबाइल एप्स, वेब साईट र नेपालभर रहेको जुन सुकै शाखा कार्यालयहरूमा गएर पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिने व्यवस्था गरिएको बताए ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved