एसियाली बीमा क्षेत्रका नियामकको वार्षिक बैठक तथा अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2025 | 08:01:50 AM मा प्रकाशित

laxmi sunrise bank

एसियाली बीमा क्षेत्रका नियामक निकायहरूको संस्था 'एसियन फोरम अफ इन्स्योरेन्स रेगुलेटर्स' 'एएफआईआर' को १९औं वार्षिक बैठक तथा सम्मेलन २०२४ तथा बीमा नियमन सम्बन्धी एसिया–प्रशान्त क्षेत्रको सातौं उच्चस्तरीय बैठक २०२४ काठमाडौंमा सम्पन्न भएको छ।

नेपाल बीमा प्राधिकरण, एएफआईआर तथा अन्य सहआयोजक संस्थाहरूको संयुक्त आयोजनामा माघ ७ देखि ९ गतेसम्म कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा एसिया–प्रशान्त क्षेत्रका बीमा नियामक निकायका प्रमुखहरू, विशेषज्ञहरू र अन्य सहभागीहरूको उपस्थिति थियो।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले उद्घाटन भाषणमा जलवायु परिवर्तन र प्राकृतिक विपद्बाट उत्पन्न जोखिमलाई सम्बोधन गर्न साझा बीमा पद्धति आवश्यक रहेको औंल्याए । 

दोस्रो दिन, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय प्रणाली, नीति तथा अवसरका बारेमा जानकारी गराएका थिए। 

सम्मेलनमा जलवायु परिवर्तन, प्राकृतिक विपद्, प्रविधिमा भएको विकास र आर्टिफिसियल इन्टेलिजेन्सबाट सिर्जित जोखिमहरूलाई सम्बोधन गर्न नियामक निकायहरूको भूमिकामा जोड दिइयो। सहभागी देशहरूले बीमा पहुँच विस्तार र जोखिम व्यवस्थापनमा अवलम्बन गरिएका विधिहरूको आदानप्रदान गरे।

कार्यक्रम समापन गर्दै एएफआईआर अध्यक्ष पिटर कोहिहागेनले नेपाल बीमा प्राधिकरणलाई सफल आयोजनाका लागि धन्यवाद दिए। उनले २०२५–२०२९ का लागि तयार गरिएको मार्गचित्रअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। बैठकले एसिया–प्रशान्त क्षेत्रका बीमा क्षेत्रमा सहयोग र एकता सुदृढ गर्ने अपेक्षा गरिएको छ।








Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved