
बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी नियुक्त भएका छन् । पदपूर्ति समितिको बुधबारको निर्णय अनुसार सुवेदी कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् ।
प्राधिकरणको सुपरिवेक्षण महाशाखा प्रमुख रहेका सुवेदी कार्यक्षमता र जेष्ठताका आधारमा बढुवा सिफारिस भएका हुन् ।
पदपूर्ति समितिको सिफारिस अनुसार सुवेदीले सूचना प्रकाशित भई कार्यालय खुलेपछि नियुक्ती पत्र पाउनेछन् । साथै पदभार ग्रहण गर्नेछन् ।
प्राधिकरणको कार्यकारी निर्देशकमा निर्देशकहरु कमराज रेग्मी, सुशिल देव सुवेदी, पुजन ढुंगेल प्रतिस्पर्धामा थिए ।