सन नेपाल लाइफद्वारा समता फाउण्डेसनलाई पाँच लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2025 | 02:37:38 PM मा प्रकाशित

laxmi sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समता फाउण्डेसनलाई रु. ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ। एक विशेष कार्यक्रममा सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले सो रकम समता फाउण्डेसनका प्रतिनिधि दीपक बस्नेतलाई हस्तान्तरण गरेका थिए।  उक्त सहयोग फाउण्डेसनमा अध्ययनरत विद्यार्थीहरूको शिक्षामा खर्च गरिने छ। 

कम्पनीले सबैका लागि सहज र सुलभ शिक्षा उपलब्ध गराउने लक्ष्य राखेको समता फाउण्डेसनलाई दिएको यो योगदानले विद्यार्थीहरूको उज्जवल भविष्य निर्माणमा मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

१३९ शाखा तथा उपशाखामार्फत जीवन बीमा सेवा प्रदान गरिरहेको सन नेपाल लाइफले शिक्षा, स्वास्थ्य र समाजसेवाका क्षेत्रमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ। आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सहयोगी कार्यहरूलाई निरन्तरता दिने कम्पनीले बताएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved