
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ५ हजार ४ सय ७ कित्ता शेयर बिक्री गर्ने भएको छ। संस्थापक शेयरधनी शंकर प्रसाद कालिकोटाको नाममा रहेका १२ हजार ७८ कित्ता र सुयोग श्रेष्ठको नाममा रहेको ९३ हजार ३ सय २९ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिन सक्नेछन् । साथै शेयरधनीहरुबाट समय सम्ममा कुनै निवेदन पेश हुन् नआएमा कानुन बमोजिम भइजाने व्यहोरा समेत सुचनामा उल्लेख छ ।