आइएमई लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2025 | 11:23:31 AM मा प्रकाशित

laxmi sunrise bank

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि २१.०५% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिले हाल कायम रु. ५ अर्ब चुक्ता पूँजीमा आधारित रही रु. १.०५ अर्ब बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले लाभांश वितरणका लागि नेपाल बीमा प्राधिकरणको स्वीकृति लिनुपर्नेछ। साथै, उक्त प्रस्ताव आगामी वार्षिक साधारणसभा (AGM) बाट अनुमोदन भएपछि मात्रै शेयरधनीहरूलाई वितरण गरिनेछ।

आइएमई लाइफ इन्स्योरेन्सको शेयर बजारमा हालको मूल्य रु. ४८४.०० रहेको छ। अघिल्लो ५२ हप्तामा कम्पनीको शेयर मूल्य रु. ६०६.०० को उच्च बिन्दुमा पुगेको थियो भने न्यूनतम रु. ४१२.५० सम्म झरेको थियो।

कम्पनीको लाभांश घोषणाले लगानीकर्ताहरूबीच सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved