व्यवसाय विस्तारको लागि बीमा कम्पनीहरु सहकारीमा केन्द्रित, लघुवित्तमा फैलिदै गलत अभ्यास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2025 | 04:37:52 PM मा प्रकाशित

laxmi sunrise bank

व्यवसाय विस्तारका लागि जीवन बीमा कम्पनीहरु लघुवित्त वित्तिय संस्थापछि सहकारीमा केन्द्रित भएको पाइएको छ। लघुवित्त क्षेत्रमा सिमित कम्पनीहरु रहेकाले बीमा कम्पनीहरूले आफ्नो व्यवसाय विस्तारका लागि सहकारी संस्थाहरूसँग सहकार्य गर्न थालेका हुन्। 

बीमा कम्पनीहरूले सहकारी संस्थाहरूसँग साझेदारी गरी ग्रामीण तथा सहरी क्षेत्रमा बीमा सेवा पुर्‍याउने रणनीति अपनाएका छन्। सहकारी संस्थाहरूले स्थानीय समुदायमा गहिरो पहुँच राख्ने भएकाले, बीमा कम्पनीहरूले सहकारीहरूसँगको सहकार्यलाई प्रभावकारी माध्यमका रूपमा लिएका छन्। यसबाट बीमा सेवा ग्रामीण भेगसम्म पुर्‍याउन र बीमाको पहुँच विस्तार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

बीमा कम्पनीहरूले सहकारीहरूसँगको सहकार्यबाट नयाँ ग्राहकहरूलाई आकर्षित गर्न र बीमाको महत्त्वबारे जनचेतना फैलाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्। यसले बीमा कम्पनीहरूको व्यवसाय वृद्धिमा सहयोग पुग्ने विश्वास लिइएको छ।

सहकारीहरूसँगको सहकार्यले बीमा कम्पनीहरूलाई नयाँ बजारमा प्रवेश गर्न र बीमा सेवा नपुगेका क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउन अवसर प्रदान गरेको छ। यसले बीमा क्षेत्रको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

लघुवित्तमा फैलिदै गलत अभ्यास

जीवन बीमा कम्पनीहरुको व्यवसायको एउटा महत्त्वपूर्ण क्षेत्र मानिएको लघुवित्त बित्तिय संस्थाको क्षेत्रमा पनि पछिल्लो समय गलत अभ्यास बढेको पाइएको छ। विशेषगरि लघुवित्तबाट बीमा व्यवसाय लिनलाई लघुवित्तका गलत प्रस्तावलाई मान्ने प्रबृत्ति बढ्दै जाँदा गलत अभ्यास बढ्न थालेको हो।  

वर्षमा आठ दश करोडको व्यवसाय आउने भएपछि बीमा कम्पनीहरुले लघुवित्तका कर्मचारीहरुलाई तालिम दिने र सो बापत आफैं खर्च गर्ने गर्दछन। तर बीमा कम्पनीले तालिम बापत गर्ने खर्चको भुक्तानी लघुवित्तबाट नै भएको देखाएर लघुवित्तका 'हर्ताकर्ता' सीइओ तथा संचालक समिति सदस्यहरुले अनुचित लाभ लिने अभ्यास बढेको पाइएको छ। 

अधिकांश जीवन बीमा कम्पनीले आफैले तालिम बापतको खर्च ब्योहोरे पनि केहि लघुवित्तका केहि 'हर्ताकर्ता' ले त्यो खर्चको भुक्तानी लघुवित्तकै खाताबाट गराएर अनुचित लाभ लिने गरेको बिजपाटीको जानकारीमा आएको छ। 

केहि समयअघि मात्रै एउटा लघुवित्तका प्रमुख कार्यकारी अधिकृतले एउटा जीवन बीमा कम्पनीले आफ्नै खर्चमा गराइदिएको तालिम खर्च आफ्नै लघुवित्तबाट भुक्तानी भएको देखाएर सो रकम ती सीईओले आफ्नै गोजीमा हालेको बारे खबर बाहिरिएको थियो। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved