सगरमाथा लुम्बिनी इन्स्योरेन्स र इनड्राइभबीच सहकार्य, दुर्घटना बीमा योजना सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2025 | 07:58:54 PM मा प्रकाशित

laxmi sunrise bank

ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग सहकार्य गर्दै दुर्घटना बीमा योजना सुरु गरेको छ। उक्त बीमा योजनाले चालक र यात्रुहरूलाई अप्रत्याशित दुर्घटनाका घटनाहरूमा वित्तीय सुरक्षासहित सुरक्षित यात्रा सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

सम्झौतामा इनड्राइभ नेपालका कम्पनी प्रतिनिधि रीता पोखरेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (CEO) चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार, दुर्घटनाबाट मृत्यु भएमा – रु. ८ लाख क्षतिपूर्ति हुनेछ भने  पूर्ण स्थायी अशक्तता भएमा ८ लाख भुक्तानी हुनेछ। त्यस्तै औषधोपचार खर्चका लागि ८० हजारसम्म सहयोग हुनेछ भने  नाबालिग यात्रुहरूको हकमा क्षतिपूर्ति रकमको ५०% भुक्तानी हुनेछ। 

इनड्राइभ नेपालकी प्रतिनिधि रीता पोखरेलका अनुसार यो बीमा योजनाले चालक र यात्रुहरूलाई आत्मविश्वासका साथ यात्रा गर्न प्रेरित गर्नेछ।

उनले भनिन्, “इनड्राइभमा, हाम्रा प्रयोगकर्ताको सुरक्षा र कल्याण हाम्रो प्रमुख प्राथमिकता हो। यो बीमा योजनाले वित्तीय सुरक्षासहित सुरक्षित यात्रा सुनिश्चित गर्नेछ। हामी हाम्रा प्रयोगकर्ता र चालक साझेदारहरूको सुरक्षाका लागि प्रतिबद्ध छौं। यसले नेपालमा सुरक्षित राइड–हेलिंग वातावरण निर्माण गर्न सहयोग गर्नेछ।”

इनड्राइभ र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सहकार्यमा आएको यो दुर्घटना बीमा योजना चालक र यात्रुहरूको सुरक्षाका लागि एक महत्त्वपूर्ण कदम भएको दाबी गरिएको छ।









Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved