राष्ट्रिय बीमा कम्पनी आक्रमक बजारीकरण रणनीतिसहित नेपाली बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2025 | 10:41:45 PM मा प्रकाशित

nepal oil ltd

राष्ट्रिय बीमा कम्पनी लि. ले नवीनतम प्रविधिको प्रयोग र आक्रमक बजारीकरण रणनीतिसहित नेपाली बीमा बजारमा आफ्नो प्रभाव विस्तार गर्ने योजना अघि सारेको छ। कम्पनीका कुशल व्यवस्थापक देवराज घिमिरेका अनुसार, बीमा बजारमा प्रतिस्पर्धात्मक उपस्थिति मजबुत बनाउँदै कम्पनीले डिजिटल प्रविधिको अधिकतम प्रयोग गरेर ग्राहक सेवा सुधार गर्ने लक्ष्य लिएको छ।

वि.सं. २०६७ सालदेखि तत्कालीन राष्ट्रिय बीमा संस्थान र वि.सं. २०७१ सालदेखि सरकारको स्वामित्वमा सञ्चालन हुँदै आएको कम्पनीले प्रशासन, अन्डरराइटिङ, दाबी व्यवस्थापन तथा बजार प्रवर्द्धनलाई प्रभावकारी बनाउँदै आएको छ। बीमा व्यवसायको दायरा फराकिलो बनाउन कम्पनीले नयाँ रणनीतिक योजनाहरू अघि बढाइरहेको घिमिरे बताउँछन्।

उनका अनुसार, राष्ट्रिय बीमा कम्पनीले डिजिटल प्रणालीमार्फत बीमा सेवाहरूलाई सहज र तीव्र बनाउन विशेष ध्यान दिइरहेको छ। आधुनिक प्रविधि, व्यवसायिक दक्षता र ग्राहक केन्द्रित नीति अवलम्बन गर्दै कम्पनीले दीर्घकालीन प्रभाव पार्ने रणनीति लिएको छ। ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै सेवा सरल, पारदर्शी र प्रभावकारी बनाउने योजनासहित कम्पनीले विभिन्न नवप्रवर्तनशील कार्यक्रमहरू ल्याउने तयारी गरिरहेको छ।

कम्पनीले निर्जीवन बीमा बजारमा आफ्नो उपस्थितिलाई मजबुत बनाउन व्यापक बजारीकरण योजना अघि सारेको छ। सरकारी स्वामित्व भएकाले कम्पनीले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बीमा क्षेत्रलाई प्रवर्द्धन गर्ने योजना बनाएको छ। नेपालमा बीमाको पहुँच अझ विस्तार गर्न र आम नागरिकलाई निर्जीवन बीमातर्फ आकर्षित गर्न कम्पनीले डिजिटल प्रविधि, प्रभावकारी ग्राहक सेवा र व्यापक प्रचार–प्रसारलाई प्राथमिकतामा राखेको छ।

घिमिरेका अनुसार, राष्ट्रिय बीमा कम्पनीले आगामी दिनहरूमा निर्जीवन बीमाको क्षेत्रमा आफ्नो बजार विस्तार गर्दै प्रतिस्पर्धात्मक सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने योजना बनाएको छ। कम्पनीले आफ्नो सेयर बजार विस्तार गर्दै, नयाँ योजनाहरू कार्यान्वयन गर्दै, समग्र बीमा प्रणालीलाई मजबुत बनाउने नीति अवलम्बन गरिरहेको छ।

कम्पनीको यो रणनीतिले नेपाली बीमा बजारमा प्रतिस्पर्धात्मक ऊर्जा थप्ने मात्र नभई, बीमितहरूलाई थप सुरक्षित, भरपर्दो र आधुनिक सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved