शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नयाँ ब्रान्ड फिल्म ‘खुसीको इन्स्योरेन्स’ सार्वजनिक गरेको छ । बीमा सेवा मात्र नभई ग्राहकहरूको जीवनका आरोह–अवरोहमा एक अदृश्य सहयात्री बन्ने उद्देश्यले यो फिल्म निर्माण गरिएको शिखर इन्स्योरेन्सले जनाएको छ।
इन्स्योरेन्सकाअनुसार, यो फिल्म डिजिटल माध्यमबाट सार्वजनिक गरिएको हो । जहाँ एक परिवारको कथा देखाइएको छ। जसमा, जुन कान्छो छोराको दृष्टिकोणबाट प्रस्तुत गरिएको छ । बाल्यकालका स्मृतिहरूलाई केन्द्रमा राख्दै, उनले परिवारभित्रको प्रेम, एकता, संघर्ष र पुनर्निर्माणको कथा सुनाउँछन् । फिल्ममा एक समृद्ध र प्रेमले भरिएको परिवारको जीवन चित्रण गरिएको छ, जसले अनपेक्षित कठिनाइहरूको सामना गर्दै फेरि उठ्न संघर्ष गर्छ ।
यस कठिन यात्रामा शिखर इन्स्योरेन्सले नदेखिने तर महत्त्वपूर्ण सहयोगीको भूमिका निर्वाह गरिरहेको फिल्ममा देखाइएको छ । विपत्तिको समयमा बीमाको सुरक्षा कत्तिको महत्त्वपूर्ण हुन्छ भन्ने विषय फिल्ममा दर्शाइएको छ । परिवारका सदस्यहरूबीचको माया, त्याग र सहकार्यलाई उजागर गर्दै, यो फिल्म बीमाको आवश्यकताप्रति भावनात्मक सन्देश दिन केन्द्रित गरिएको छ ।
शिखर इन्स्योरेन्सका अनुसार, दुई दशकभन्दा बढी समयदेखि कम्पनीमा विश्वास राख्ने ग्राहकहरू, कठिन समयमा सहयात्री बन्ने बीमा कर्मीहरू तथा जीवनका चुनौतीहरूसँग लड्ने आमाबुबाहरूलाई समर्पित गर्दै यो फिल्म तयार गरिएको हो ।
फिल्ममार्फत ‘आफ्नो खुसीलाई सुरक्षित राख्न शिखर इन्स्योरेन्स सधैं तपाईंको साथमा छ’ भन्ने सन्देश दिइएको छ । फिल्म हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ।