बीमाङ्कीय विज्ञता विकासका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न, अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउने प्रतिबद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2025 | 05:12:28 PM मा प्रकाशित

नेपाल बीमा प्राधिकरण र संयुक्त अधिराज्यस्थित बीमाङ्कीय संस्था इन्स्टिच्युट एण्ड फ्याकल्टी अफ एक्च्युरिज (आईएफओए) को सहभागितामा एक्च्युरियल सोसाइटी अफ नेपालद्वारा आज ललितपुरमा नेपालको बीमा क्षेत्रमा बीमाङ्कीय विज्ञताको विकास सम्बन्धी अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ ।

नेपालमा बीमाङ्कीय विज्ञता विकासका सम्बन्धमा छलफल गरी सुझावहरू प्राप्त गर्ने उद्देश्यले नेपाल बीमा प्राधिकरण, आईएफओए, ग्लोवल एक्च्युरियल इनिसिटिभ, बीमक, एक्च्यिुरियल सोसाइटी अफ नेपाल र बीमाङ्कीय विश्लेषकहरूबीच अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमाङ्कीहरूको भूमिका विशेषगरी बीमा व्यवसायको जटिलता र जोखिमका कारण अझै महत्वपूर्ण रहेको बताउँदै सामूहिक प्रयासमार्फत यो पेशालाई नयाँ उचाइमा पु¥याउने आवश्यकता औँल्याए।

प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले जोखिम व्यवस्थापन, वित्तीय स्थायित्व र दिगो वृद्धि हासिल गर्न बीमाङ्कीय दक्षता अपरिहार्य भएको उल्लेख गर्दै, क्षमता अभिवृद्धि, अन्तर्राष्ट्रिय सहकार्य र नियामकीय सुधारलाई प्राधिकरणले निरन्तर प्राथमिकतामा राखेको जानकारी गराए।

आईएफओएकाकी अध्यक्ष कार्टिना ताहिर थोम्सनले नेपालमा बीमाङ्कीय क्षेत्र विकासका लागि प्राधिकरणद्वारा भइरहेको प्रयासको प्रशंसा गर्दै पूर्ण सहयोगको प्रतिबद्धता जनाइन्।

ग्लोवल एक्च्युरियल इनिसिटिभ (जीएआईएन) का निर्देशक क्विनी चोउले बीमाङ्कीको दक्षता अभिवृद्धिका लागि प्राधिकरणसँग हुँदै आएको सहकार्यबाट आफूहरु उत्साहित रहेको बताउनुहुँदै आगामी दिनमा यस किसिमको सहयोगलाई अझै सघनरूपमा अघि बढाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले नेपालमा बीमाङ्कीय दक्षता अभिवृद्धिका लागि प्राधिकरणबाट भएका पहल र  जीएआईएनसँगको आवद्धताबाट प्राप्त उपल्रब्धीहरूका बारेमा प्रस्तुती गरेका थिए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका पदाधिकारी, आईएफओएका पदाधिकारी, ग्लोवल एक्च्युरियल इनिसिएटिभका सदस्य, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका पदाधिकारी, ए्रक्च्युएरिल सोसाइटी अफ नेपालका सदस्य, त्रिभुवन विश्वविद्यालयका एक्च्यिुएरिल विज्ञानका विद्यार्थी र बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका  एक्च्यिुरियल प्रवन्धक र एक्च्युरियल विश्लेषकहरूको सहभागिता रहेको थियो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved