आईएमई लाइफ इन्स्योरेन्सले नियुक्त गर्यो सरल सावधिक सद्भावना दूत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2025 | 12:41:30 PM मा प्रकाशित

nepal oil ltd

आईएमई लाइफ इन्स्योरेन्सले सुशीला रोकालाई ‘सरल सावधिक जीवन बीमा योजना’को प्रडक्ट एम्बासडर (सद्भावनादूत) २०२५ घोषणा गरेको छ। सुशीला रोका कम्पनीको मासिक स्किम अन्तर्गत देशभरका अभिकर्ताहरू मध्येबाट उत्कृष्ट व्यवसाय गरी “सरल सावधिक जीवन बीमा” योजना को सद्भावनादूत हुन सफल भएकी हुन्। 

यसै कार्यक्रममा कम्पनीले उनको ब्यानर र प्रचार सामाग्री अनावरण गरेको छ। यसले अभिकर्ताहरूमाझ स्वस्थ प्रतिस्पर्धाका साथै  थप प्रतिबद्ध भई काम गर्न प्रेरणा प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ। 

 कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले कम्पनीले आफ्ना अभिकर्ताहरूलाई बीमा सेवाको ज्ञान र दक्षता र व्यक्तित्व विकास गर्दै बीमितहरूलाई सरल, सहज र स्तरीय सेवा दिने कम्पनीको उद्देश्यमा निरन्तरता दिँदै जाने बताए।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved