सूर्यज्योति लाइफ इन्स्योरेन्स डिजिटल भुक्तानी प्रणालीमा आबद्ध, एनसीएचएलसँग सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2025 | 10:06:50 PM मा प्रकाशित

nepal oil ltd

सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले डिजिटल भुक्तानी प्रणालीलाई अपनाउने उद्देश्यले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सँग सहकार्य गरेको छ। यो सहकार्य पश्चात सूर्यज्योति इन्स्योरेन्स अब आफ्ना भुक्तानी कारोबारहरू डिजिटल माध्यमबाट, एनसीएचएलको 'ल्एक्ष्' (नेशनल पेमेन्ट इन्टरफेस) प्रणालीमार्फत गर्न सक्ने भएको हो।

सम्झौता पत्रमा सूर्यज्योति इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्। सहकार्य अन्तर्गत सूर्यज्योति इन्स्योरेन्सले एनसीएचएलको (NPI) प्रणालीसँग आफ्नो आन्तरिक प्रणाली एकीकृत गर्दै, प्रिमियम संकलन, एजेन्ट कमिशन, कर्मचारी तलब, भेण्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष लगायतका सबै प्रकारका भुक्तानीहरू सोझै लाभग्राहीका बैंक खातामा पठाउन सक्नेछ।

एनसीएचएलको ल्एक्ष् प्रणालीमा हाल ५३ वटा बैंक तथा वित्तीय संस्थाहरु प्रत्यक्ष सदस्यका रूपमा आबद्ध छन्। साथै ११० भन्दा बढी गैर-बैंकिङ संस्थाहरु प्राविधिक वा इन्डाइरेक्ट सदस्यका रूपमा यस प्रणालीमा संलग्न छन्। एनसीएचएलको एकीकृत पेमेन्ट इन्टरफेस ‘ओपन एपीआई’ अवधारणामा आधारित रहेको छ, जसले इन्स्योरेन्स कम्पनीलाई समेत आफ्नो कारोबारलाई स्वचालित र पारदर्शी बनाउन सहयोग पुर्‍याउँछ।

देशभर २०० भन्दा बढी शाखाहरु मार्फत सेवा दिँदै आएको सूर्यज्योति इन्स्योरेन्सले १५ वर्षको सेवा अवधिमा नेपालका प्रमुख जीवन बीमा कम्पनीहरूमध्ये एकको रूपमा पहिचान बनाइसकेको छ। एनसीएचएलसँगको सहकार्यले कम्पनीको डिजिटल सेवा क्षमतामा उल्लेखनीय विस्तार हुने विश्वास गरिएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved