आईफोन खरिदमा २० प्रतिशत छुटः जोय स्टोर र सुर्यज्योति लाईफ इन्स्योरेन्सबीच सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2025 | 05:15:45 PM मा प्रकाशित

nepal oil ltd

नेपालमा एप्पलका उत्पादनहरूको आधिकारिक विक्रेता जोय स्टोर र सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनीबीच विशेष समझदारी भएको छ। सम्झौतासँगै सुर्यज्योति इन्स्योरेन्सका कर्मचारी तथा सेवाग्राहीहरूले आईफोनसहित एप्पलका उत्पादनहरूमा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

सम्झौतामा जोय स्टोरका प्रवन्ध निर्देशक गुरुदत्त शर्मा र सुर्यज्योति इन्स्योरेन्सका प्रमुख व्यापार सञ्चालन अधिकृत राजिव गर्बाचार्यले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार ग्राहकहरूले ४० प्रतिशत डाउनपेमेन्टमा नबिल बैंकमार्फत शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा पाउनेछन्।

जोय स्टोरका प्रवन्ध निर्देशक शर्माले नेपाली ग्राहकलाई सहज, सुलभ मूल्यमा एप्पलका प्रमाणित उत्पादन उपलब्ध गराउने उद्देश्यले सहमति भएको जानकारी दिए। उनले भने, “सुर्यज्योति इन्सुरेन्सका कर्मचारी तथा ग्राहकहरूले इन्सुरेन्ससम्बन्धी प्रमाणित कागजात पेश गरेपछि छुट तथा किस्ताबन्दी सुविधा प्राप्त गर्न सक्नेछन्।”

जोय स्टोर नेपालमा एप्पलका उत्पादनहरूको आधिकारिक बिक्रेता हो, जसले काठमाडौंको ताम्राकार कम्प्लेक्स र पोखराको महेन्द्रपुलबाट सेवा प्रदान गर्दै आएको छ। शर्मा स्वयं ताम्राकार मोबाइल व्यवसायी संघका अध्यक्ष समेत हुन्।

कम्पनीले बिक्री गरिरहेका उत्पादनहरूमा दुई वर्षको वारेन्टी, दुई वर्षको इन्स्योरेन्स सुविधा पनि उपलब्ध गराउने जनाएको छ। आईफोन, म्याकबुक, एप्पल वाच, एयरपड, हेडफोन लगायतका उत्पादनमा सुविधा लागू हुनेछ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved