बीमा प्राधिकरणका अध्यक्ष ओझाको योग्यतामाथि प्रश्न, संसदमा उठ्यो छानबीनको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2025 | 07:59:38 AM मा प्रकाशित

nepal oil ltd

नेपालको बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यतामाथि गम्भीर प्रश्न उठेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सांसद छिरिङ डम्दुल लामाले ओझाको नियुक्ति प्रक्रियामा त्रुटि र सेटिङ रहेको दाबी गर्दै संसदीय समिति बनाएर छानबिन गर्न माग गरेका हुन् ।

सांसद लामाले बीमा प्राधिकरण अध्यक्ष बन्नका लागि अनिवार्य ३५ वर्ष उमेर पूरा हुनुपर्ने तथा बीमा ऐन, २०७९ अनुसारको योग्यता आवश्यक हुने उल्लेख गर्दै ओझाले यी कुनै पनि योग्यता नपुगेको आरोप लगाए । 

उनले फर्जी कागजात पेश गरेर मन्त्रिपरिषद्बाट नियुक्ति पाएको दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मुख्यसचिव एकनारायण अर्याल र अर्थसचिव घनश्याम उपाध्यायसमेत प्रक्रियामा संलग्न रहेको भन्दै छानबिनको माग गरे ।

लामाले ओझाको नियुक्ति ‘सेटिङ’ मार्फत गरिएको भन्दै यस्तो व्यक्तिले नेपालको समग्र बीमा क्षेत्रको विकासमा नकारात्मक प्रभाव पार्ने चेतावनी दिए । उनले भने, "सामान्य संवाददाताको रूपमा काम गरेको व्यक्तिलाई उच्च व्यवस्थापकीय अनुभव रहेको देखाउन फर्जी कागजात तयार पारिएको छ ।"

बीमा क्षेत्रका सरोकारवालाहरूले समेत प्राधिकरण अध्यक्षको नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आएका छन् । सर्वसाधारणले 'सेटिङ'बाट आएका व्यक्तिले आफ्नो समूहको फाइदाका लागि मात्र काम गर्ने र समग्र बीमा क्षेत्रको विकासमा कुनै चासो नहुने टिप्पणी गरेका छन् ।

त्यसो त बिमाका जानकारहरु समेत सरकारले अनुभव नै नभएको 'फुच्चे केटो' लाई बिमा प्राधिकरणको अध्यक्ष बनाएर अरबौंको बिमा बजारमाथि भद्दा मजाक गरेको आरोप लगाउने गरेका छन्। 

"शैक्षिक योग्यतामा समेत कहिँ कतै बिमा अध्ययन नगरेका र व्यवहारिक जीवनमा समेत कहीं कतै पनि बिमासंग जोडिएको व्यवस्थापकीय काम नै नगरेका 'रिपोर्टर' लाई ल्याएर प्राधिकरण हाक्न लगाइएको छ, दुर्घटना हुने खतरा बढेर गएको छ, सरकारले धेरै ठुलो भद्दा मजाक गर्यो" बिमा बजारमा ३५ बर्ष भन्दा लामो समय काम गरिसकेका एक जानकार यसो भन्छन। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved