विश्वकप छनोट खेल्ने अर्जेन्टिनाको टोली घोषणा (खेल हुने मितिसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2021 | 12:10:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको जारी छनोट खेल खेल्ने अर्जेन्टिनी टोली घोषणा भएका छ । दक्षिण अमेरिकी पावर हाउस अर्जेन्टिनाले ३ खेलका लागि टोली घोषणा गरेको हो ।

अर्जेन्टिनी राष्ट्रिय टिमका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले ३० सदस्यीय टोली घोषणा गरेका हुन् । विश्वकप छनोटमा दक्षिण अमेरिकी महादेशका १० देशले प्रतिस्पर्धा गरिरहेका छन् । सबै टिम एकै समूहमा छन् । 

अर्जेन्टिनाले अर्को साताबाट तेस्रो चणमा ३ खेल खेल्ने छ । उसले यसअघि २ चरणमा गरेर ६ खेल खेलिसकेको छ । 

को को छन् टोलीमा ? 

प्रशिक्षक स्कालोनीले यसपटक ब्राजिलविरुद्ध पनि खेल्नुपर्ने भएकाले मुख्य खेलाडी सबैलाई अटाएका छन् । यसअघि टोलीमा नरहेका युवा फरवार्ड पाउलो डिबालाले कमब्याक गरेका छन् । 

फरवार्ड सर्जियो अगुएरो प्रशिक्षणका क्रममा घाइते भएपछि उनको ठाउँमा डिबालाले मौका पाएका हुन् । यसअघि कोपा अमेरिका कप खेल्ने टोलीमा पनि डिबाला परेका थिएनन् ।

अर्का स्टार फरवार्ड माउरो इकार्डी भने यसपटक पनि टोलीमा परेनन् । 

मेस्सीको कप्तानीमा कोपा जित्दाका स्टार गोलकिपर इमिलियानो मार्टिनेजदेखि निकोलास ओटामेन्डी, जुआन फ्योथ, रोड्रिगो डे पाउल, लियान्द्रो पाराडेश, जियोभानी लो सेल्सो, एन्जल डि मारिया लगायत समेटिएका छन् । फ्रन्ट लाइनमा कप्तान मेस्सीका साथमा डिबाला र लौटारो मार्टिनेज टोलीमा परेका छन् ।

टोली

Image

कहिले छ अर्जेन्टिनाको खेल ?

तेस्रो चरणको पहिलो खेल अर्जेन्टिनाले सेप्टेम्बर ३ मा भेनेज्वेलासँग खेल्नेछ । दोस्रो खेल सेप्टेम्बर ६ मा ब्राजिलविरुद्द भिड्दा सेप्टेम्बर १० मा बोलिभियासँग खेल्नेछ ।

महिना दिनअघि मात्रै अर्जेन्टिनाले ब्राजिललाई उसकै घरेलु मैदानमा ०–१ ले हराएर कोपा अमेरिकाको उपाधि जितेको थियो । 

मेस्सी बार्सिलोना छाडेर पीएसजी गएका छन् । तर, उनले हालसम्म डेब्यू गरेका छैनन् । उनी गएपछि पीएसजीले २ खेल खेलिसकेको छ । उनले अगस्ट २९ तारिखमा पिएसजीमा डेब्यू गर्ने सम्भावना छ । 

विश्वकप छनोटमा अर्जेन्टिना १२ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । ६ खेल सकिँदा अर्जेन्टिनाले ३ खेलमा जित निकालेको छ भने ३ खेल बराबरी खेलेको छ । 

शीर्ष स्थानको ब्राजिलको १८ अंक छ । ब्राजिलले हालसम्म खेलेका ६ वटै खेल जितेको छ । छनोटमा शीर्ष स्थानको ब्राजिल र दोस्रो स्थानको अर्जेन्टिनाबीच रोमाञ्चक भिडन्त हुने भएको छ ।

ब्राजिलीयन नेयमार र अर्जेन्टिनी मेस्सी एक महिनाकै बीचमा पुनः आमनेसामने हुने भएका हुन् । उनीहरु अहिले पीएसजीमा सहकर्मी छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved