लगातार आठौं जितपछि डेनमार्क विश्वकपमा छनोट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2021 | 09:01:24 AM मा प्रकाशित

laxmi  sunrise bank

डेनमार्क कतारमा हुने विश्वकप २०२२ को लागि छनौट भएको छ। आफ्नो महत्त्वपूर्ण मिडफिल्डर इरिक्सन बिनानै डेनमार्क विश्वकप २०२२ मा छनौट हुने दोस्रो युरोपियन मुलुक बन्न सफल भएको हो। 

मंगलबार भएको खेलमा डेनमार्कले अष्ट्रियालाई १-० ले पराजित गर्दै विश्वकपको लागि छनौट भएको हो। जोअकिम माइहलले ५३ औं मिनेटमा गरेको गोलसंगै डेनमार्क छनौट चरणको खेलमा लगातार आठौँ जित निकाल्दै विश्वकप पुगेको हो।  

युरोपियन मुलुकबाट विश्वकप २०२२ को लागि जर्मनी छनौट भईसकेको छ भने कतार आयोजक राष्ट्रको तर्फबाट विश्वकप २०२२ को लागि पहिल्यै नै स्वत छनौट भएको छ। 

सन् २०१४ को विश्वकप विजेता जर्मनी फिफा विश्वकप कतार २०२२ मा छनोट हुने पहिलो राष्ट्र बनेको छ । युरोपेली छनोटमा नर्थ म्यासेडोनियालाई ४–० ले हराउँदै जर्मनी कतार विश्वकपमा छनोट हुने पहिलो टोली बनेको हो ।

समूह ‘जे’ मा २ चरणको खेल बाँकी रहँदै जर्मनी सन् २०२२ कतारमा आयोजना हुने विश्वकपमा छनोट भएको हो ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved