विश्वकप छनोटमा ब्राजिल र उरुग्वेविरुद्ध खेल्ने अर्जेन्टिनाको टोली घोषणा (सूची)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2021 | 12:21:57 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्को वर्ष सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि दक्षिण अमेरिकी महादेश क्षेत्रको छनोट खेलका लागि अर्जेन्टिनाले आगामी दुई खेलका लागि टोली घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक लिओनल स्कालोनीले ३४ जना खेलाडीलाई समावेश गर्दै जम्बो राष्ट्रिय टोली घोषणा गरेका हुन् । प्रशिक्षक स्कालोनीले लियोनल मेस्सीको कप्तानीमा टोली घोषणा गरेका छन् । 

यद्यपी, मेस्सी चोटसँग लडिरहेका छन् । उनले फ्रेन्च क्लब पिएसजीमा गत राति भएको खेल गुमाएका थिए । 

अघिल्लो साता अर्जेन्टिनी फुटबल संघले मेस्सीलाई क्लबका आगामी दुई खेलमा नखेलाई आराम गराउन भन्दै पिसजीलाई पत्र पठाएको थियो । मेस्सीले गत राति च्याम्पियन्स लिगमा जर्मन क्लब आरबी लेइपजिगविरुद्धको खेल खेलेनन् । 

आगामी चरणको अन्तराष्ट्रिय ब्रेकमा अर्जेन्टिनाले सबैभन्दा बलिया टोलीसँग खेल्नेछ । पहिलो खेल नोभेम्बर १३ मा उरुग्वेसँग उसकै घरमा हुनेछ । त्यसको ४ दिनपछि अर्जेन्टिनामै ब्राजिलसँग अर्को खेल हुनेछ । 

को को छन् टोलीमा ?

मेस्सीसँगै इटालियन क्लब युभेन्टसका स्टार पाउलो डिबाला टोलीमा छन् । मिडफिल्डमा पिएसजीकै लियान्द्रो पाराडेश, स्पेनिस क्लब एथ्लेटिको मड्रिडका रोड्रिगो डे पाउल, इंग्लिस क्लब टोटनह्याका जिओभानी लो सेल्सो छन् ।

फ्रन्ट लाइनमा मेस्सी र डिबालाका साथमा पिएसजीकै एन्जल डि मारिया, इटालियन इन्टर मिलानका लौटारो मार्टिनेज, एथ्लेटिको मड्रिडका एन्जल कोरेरिया, इन्टर मिलानका जोआक्विन कोरेरिया रहेका छन् । पिएसजीका स्टार फरवार्ड माउरो इकार्डी भने यसपटक पनि टोलीमा पर्न सकेनन् । 

बार्सिलोनाबाट खेल्ने सर्जियो अगुएरो स्वास्थ्यका कारण टोलीमा परेनन् ।

यस्तो छ खेलाडीको नामः

Goalkeepers: Franco Armani (River Plate), Emiliano Martinez (Aston Villa), Juan Musso (Atalanta), Federico Gomes Gerth (Tigre).

Defenders: Gonzalo Montiel (Sevilla), Nahuel Molina Lucero (Udinese), Cristian Romero (Tottenham), German Pezzella (Real Betis), Nicolas Otamendi (Benfica), Lucas Martinez Quarta (Fiorentina), Nicolas Tagliafico (Ajax), Lisandro Martinez (Ajax), Marcos Acuna (Sevilla) y Gaston Avila).

Midfielders: Guido Rodriguez (Betis), Leandro Paredes (PSG), Enzo Fernandez (River Plate), Rodrigo De Paul (Atletico de Madrid), Exequiel Palacios (Bayern Leverkusen), Giovanni Lo Celso (Tottenham), Nicolas Dominguez (Bologna), Santiago Simon (River Plate), Cristian Medina (Boca Juniors), Matias Soule (Juventus), Thiago Almada (Velez Sarsfield).

Forwards: Angel Di Maria (PSG), Lionel Messi (PSG), Lautaro Martinez (Inter Milan), Angel Correa (Atletico de Madrid), Paulo Dybala (Juventus), Julian Alvarez (River Plate), Joaquin Correa (Inter Milan), Nicolas Gonzalez (Fiorentina), Ezequiel Zeballos (Boca Juniors). Enditem

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved