सन् २०२२ मा हुने कतार विश्वकपको लागि छनौट हुने देशको संख्या ६ पुगेको छ । शनिवार फ्रान्स र बेल्जियमले पनि विश्वकपको लागि स्थान पक्का गरेसंगै छनौट हुने देशको संख्या ६ पुगेको हो ।
फ्रान्स युरोपियन छनौट समुह डि को शिर्ष स्थानमा र बेल्जियम समुह ई को शिर्ष स्थानमा रहने निश्चित भएसंगै दुवै टोली छनौट भएका हुन्। आयोजक कतार सहित जर्मनी , डेनमार्क र ब्राजिल यस अघि नै छनौट भईसकेका छन् । ब्राजिलले छनौट चरणमा शिर्ष ४ मा रहने पक्का गरेपछि विश्वकपमा स्थान पक्का गरेको हो । ब्राजिल ५ पटकको विश्वकप बिजेता हो ।
कतारले आयोजकको नाताले यस अघि नै विश्वकपमा स्थान पक्का गरिरहेको छ । कतार र ब्राजिल बाहेक जर्मनी र डेनमार्कले पनि विश्वकपमा स्थान पक्का गरिसकेका छन् । जर्मनीले युरोपियन छनौटको समुह जे को शिर्ष स्थानमा रहदै स्थान पक्का गरेको हो भने डेनमार्कले समुह एफको शिर्ष स्थानमा रहदै स्थान पक्का गरेको हो ।
विश्वकपमा ३२ देशले सहभागी जनाउने हुँदा २६ टिम अझै छनौट हुन बाँकि छ । ७९ टिमको छनौट हुन सक्ने सम्भावना अझै बाँकि रहेको छ । प्रतियोगितामा अफ्रीकाबाट ५ , एसियाबाट ४ वा ५ (आयोजक कतार बाहेक), युरोपबाट १३, उत्तरी अमेरिकाबाट ३ वा ४ र दक्षिणी अमेरिकाबाट ४ वा ५ टिमले प्रतियोगितामा स्थान पक्का गर्न सक्छन् । त्यस्तै ओसियाना क्षेत्रबाट पनि १ टोली छनौट हुन सक्छन् । तर प्ले अफ खेल्नु पर्ने भएकोले सो १ टोली अन्य महादेशको पनि छनौट हुन सक्ने छन् । केहि टोलिले प्ले अफ खेल्नु पर्ने भएकोले एसिया, र अमेरिकी देशहरुको छनौट हुने संख्या यकिन नभएको हो ।
प्रतियोगितामा एसियाबाट ४६ देशले छनौट सुरु गरेकोमा ३३ टिम बाहिरिसकेका छन् भने १२ टिमको छनौट हुने सम्भावना अझै कायम छ । कतार यस समुहबाट छनौट भईसकेको छ । त्यस्तै अफ्रीकाबाट ५४ देशले छनौट सुरु गरेकोमा ३७ टिम बाहिरिसकेका छन् भने १७ टिमको छनौट हुने सम्भावना अझै कायम छ । उत्तरी अमेरिकाबाट ३४ देशले छनौट सुरु गरेकोमा २६ टिम बाहिरिसकेका छन् भने ८ टिमको छनौट हुने सम्भावना अझै कायम छ। दक्षिणी अमेरिकाबाट १० देशले छनौट सुरु गरेकोमा कोहि पनि टिम बाहिरिसकेका छैन र टिमको छनौट हुने सम्भावना अझै कायम छ। ब्राजिल यसै समुहबाट छनौट भएको हो । ओसियाना क्षेत्रबाट ११ टिमले छनौट सुरु गरेकोमा कुनै पनि टिम बाहिरिएको छैन भने ११ टिमको छनौट हुने सम्भावना अझै कायम छ । युरोपबाट ५५ देशले छनौट सुरु गरेकोमा २९ टिम बाहिरिसकेका छन् भने २२ टिमको छनौट हुने सम्भावना अझै कायम छ । यस समुहबाट जर्मनी, डेनमार्क, फ्रान्स र बेल्जियम छनौट भईसकेका छन् । छनौट चरणका खेलहरु सन् २०२२ को जुन महिनासम्म चल्ने छ ।
विश्वकपको मुख्य प्रतियोगिता भने २१ नोभेम्बर २०२२ देखि १८ डिसेम्बर २०२२ सम्म कतारमा हुने छ। अरब देशमा पहिलो पटक विश्वकप हुन लागेकोहो भने एसियामा विश्वकप हुन लागेको यो दोस्रो पटक हो । साथै जाडोयाममा विश्वकप हुन लागेको यो पहिलो पटक हो । कतारको तापक्रमलाई मध्य नजर गर्दै जाडोयाममा विश्वकप हुन लागेको हो ।