कतार विश्वकपमा छनौट हुने देशको संख्या ९ पुग्यो , सिधै छनौट हुन नसकेपछि रोए रोनाल्डो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2021 | 09:23:47 AM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०२२ मा हुने कतार विश्वकपको लागि छनौट हुने देशको संख्या ९ पुगेको छ । आइतबार क्रोएसिया, स्पेन र सर्बियाले पनि विश्वकपको लागि स्थान पक्का गरेसंगै छनौट हुने देशको संख्या ९ पुगेको हो  ।

सर्बिया युरोपियन छनौट समुह ए को शिर्ष स्थानमा, स्पेन समुह बि को शिर्ष स्थानमा र क्रोएसिया समुह एचको शिर्ष स्थानमा रहदै विश्वकपको लागि छनौट भएका हुन्। सर्बियाले स्तर खेलाडी रोनाल्डो रहेको पोर्चुगललाई हराउदै विश्वकपमा स्थान पक्का गरेको हो । पोर्चुगललाई छनौट हुनको लागि बराबरी खेले मात्र हुने अवस्था थियो  । उसले खेलको दोस्रो मिनेटमा नै गोल गर्दै अग्रता लिएको थियो  । ३३ मिनेटमा सर्बियाले गोल गर्दै खेल बराबरीमा ल्यायो  । ९० औ मिनेटमा सर्बियाले गोल गरेपछि पोर्चुगलले सिधै स्थान बनाउन नसकेको हो  । छनौट हुन बराबरी गरे मात्र पुग्ने खेलमा अन्तिम मिनेटमा गोल खाएपछि रोनाल्डो रोएका थिए।  अब पोर्चुगलले विश्वकपमा छनौट हुन प्ले अफ खेल्नु पर्ने छ। 

आयोजक कतार सहित जर्मनी , डेनमार्क ब्राजिल, फ्रान्स र बेल्जियम यस अघि नै छनौट भईसकेका छन्  ।   

विश्वकपमा ३२ देशले सहभागी जनाउने हुँदा २३ टिम अझै छनौट हुन बाँकि छ । ७२ टिमको छनौट हुन सक्ने सम्भावना अझै बाँकि रहेको छ । प्रतियोगितामा अफ्रीकाबाट ५ , एसियाबाट ४ वा ५ (आयोजक कतार बाहेक), युरोपबाट १३, उत्तरी अमेरिकाबाट ३ वा ४ र दक्षिणी अमेरिकाबाट ४ वा ५ टिमले प्रतियोगितामा स्थान पक्का गर्न सक्छन् । त्यस्तै ओसियाना क्षेत्रबाट पनि १ टोली छनौट हुन सक्छन् । तर प्ले अफ खेल्नु पर्ने भएकोले सो १ टोली अन्य महादेशको पनि छनौट हुन सक्ने छन् । केहि टोलिले प्ले अफ खेल्नु पर्ने भएकोले एसिया, र अमेरिकी देशहरुको छनौट हुने संख्या यकिन नभएको हो ।

प्रतियोगितामा एसियाबाट ४६ देशले छनौट सुरु गरेकोमा ३३ टिम बाहिरिसकेका छन् भने १२ टिमको छनौट हुने सम्भावना अझै कायम छ । कतार यस समुहबाट छनौट भईसकेको छ । त्यस्तै अफ्रीकाबाट ५४ देशले छनौट सुरु गरेकोमा ३९ टिम बाहिरिसकेका छन् भने १५ टिमको छनौट हुने सम्भावना अझै कायम छ । उत्तरी अमेरिकाबाट ३४ देशले छनौट सुरु गरेकोमा २६ टिम बाहिरिसकेका छन् भने ८ टिमको छनौट हुने सम्भावना अझै कायम छ। दक्षिणी अमेरिकाबाट १० देशले छनौट सुरु गरेकोमा कोहि पनि टिम बाहिरिसकेका छैन र ९ टिमको छनौट हुने सम्भावना अझै कायम छ। ब्राजिल यसै समुहबाट छनौट भएको हो । ओसियाना क्षेत्रबाट ११ टिमले छनौट सुरु गरेकोमा कुनै पनि टिम बाहिरिएको छैन भने ११ टिमको छनौट हुने सम्भावना अझै कायम छ । युरोपबाट ५५ देशले छनौट सुरु गरेकोमा ३१ टिम बाहिरिसकेका छन् भने १७ टिमको छनौट हुने सम्भावना अझै कायम छ । यस समुहबाट जर्मनी,  डेनमार्क, फ्रान्स,  बेल्जियम, क्रोएसिया, स्पेन र सर्बिया गरि ७ टिम छनौट भईसकेका छन् । छनौट चरणका खेलहरु सन् २०२२ को जुन महिनासम्म चल्ने छ  । 

विश्वकपको मुख्य प्रतियोगिता भने २१ नोभेम्बर २०२२ देखि १८ डिसेम्बर २०२२ सम्म कतारमा हुने छ। अरब देशमा पहिलो पटक विश्वकप हुन लागेकोहो भने एसियामा विश्वकप हुन लागेको यो दोस्रो पटक हो  । साथै जाडोयाममा विश्वकप हुन लागेको यो पहिलो पटक हो  । कतारको तापक्रमलाई मध्य नजर गर्दै जाडोयाममा विश्वकप हुन लागेको हो  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved