विश्वकपमा पोर्चुगल र इटाली मध्ये एक मात्र छनौट हुने, दुवै आउट हुने सम्भावना पनि कायमै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2021 | 09:02:09 AM मा प्रकाशित

laxmi bank ntc

कतारमा हुने विश्वकप छनौटको लागि युरोप महादेशको प्ले अफ चरणको समीकरण तय भएको छ।समीकरण अनुसार विश्वकपमा पोर्चुगल र इटाली मध्ये एक मात्र छनौट हुन सक्ने अवस्था बनेको छ

वा दुवै आउट हुने अर्थात् २ वटै टिम छनौट नहुने सम्भावना पनि कायमै छ । प्ले अफमा दुवै टिम एकै समुहमा परेपछि यस्तो अवस्था आएको हो 

इटाली हालको युरोकप च्याम्पियन तथा ४ पटक विश्वकप जितिसकेको टिम हो भने पोर्चुगल  सन् २०१६ को युरो कप बिजेता हो ।

प्ले अफमा छनौट भएका १२ टोलीको ड्र हिजो सार्वजनिक भएको हो । जसमा पहिलो समुहमा वेल्स, अस्ट्रिया, स्कटल्याण्ड र युक्रेन परेका छन् । आगामी २४ मार्चमा वेल्सले अस्ट्रियासँग तथा स्कटल्याण्डले युक्रेनसँग खेल्ने छ । दुवै खेलको बिजेताले एक आपसमा २९ मार्चमा खेल्ने छन् । २९ मार्चमा हुने खेलको बिजेताले विश्वकपमा स्थान बनाउने छ । 

त्यस्तै दोस्रो समुहमा रसिया, पोल्याण्ड, स्वीडेन, र चेक रिपब्लिक परेका छन् । आगामी २४ मार्चमा रसियाले पोल्याण्डसँग तथा स्विडेनले चेक रिपब्लिकसँग खेल्ने छ । दुवै खेलको बिजेताले एक आपसमा २९ मार्चमा खेल्ने छन् । २९ मार्चमा हुने खेलको बिजेताले विश्वकपमा स्थान बनउने छ । 

त्यस्तै तेस्रो समुहमा पोर्चुगल, टर्की, इटाली र नर्थ मेसोडोनिया रहेका छन्  । आगामी २४ मार्चमा पोर्चुगलले टर्कीसँग तथा इटालीले नर्थ मेसोडोनियासँग खेल्ने छ । दुवै खेलको बिजेताले एक आपसमा २९ मार्चमा खेल्ने छन् । २९ मार्चमा हुने खेलको बिजेताले विश्वकपमा स्थान बनउने छ । 

सबै खेल नक आउट  खेल हुन् । अर्थात् एक खेल हारेपछि अर्को चान्स हुने छैन । यस पेल अफबाट विश्वकप खेल्ने थप ३ टोलीको टुंगो लाग्ने छ ।

युरोपबाट विश्वकपको लागि यस अघि नै १० टिमको छनौट भईसकेका छन्। जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इंग्ल्यान्ड, स्विजरल्याण्ड र नेदरल्याण्ड यस अघि नै छनौट भईसकेका छन् । 

आफ्नो अन्तिम खेलमा सर्बियासँग पराजित भएपछि पोर्चुगल सिधै विश्वकपमा छनौट हुन असफल भएको हो। इटालीले पनि अन्तिम खेलमा नर्दर्न आयरल्याण्डसँग बराबरी खेलपछि समुहमा दोस्रो हुदै प्ले अफ खेल्नु परेको हो ।

विश्वकपको मुख्य प्रतियोगिता भने २१ नोभेम्बर २०२२ देखि १८ डिसेम्बर २०२२ सम्म कतारमा हुने छ। अरब देशमा पहिलो पटक विश्वकप हुन लागेकोहो भने एसियामा विश्वकप हुन लागेको यो दोस्रो पटक हो  । साथै जाडोयाममा विश्वकप हुन लागेको यो पहिलो पटक हो  । कतारको तापक्रमलाई मध्य नजर गर्दै जाडोयाममा विश्वकप हुन लागेको हो  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved