कतारमा हुने विश्वकपको लागि टिकट बुकिङ सुरु, यस्तो छ मूल्य र आवेदन दिने तरिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2022 | 04:21:45 PM मा प्रकाशित

laxmi  sunrise bank

कतारमा हुने फिफा विश्वकप प्रतियोगिताको लागि पहिलो चरणको टिकट बिक्रि खुला भएको छ । आज बिहिबार दिउँसोदेखि टिकट बिक्रि खुला भएको हो ।

यस चरणमा टिकट बुक गर्ने सबैले टिकट भने पाउने छैनन् । फिफाले टिकट बुक गरेका मध्येबाट गोलाप्रथा गरि टिकट दिने जनाएको छ । हाल ३ प्रकारको टिकट बुकिंग खुला भएको हो । हाल खेल अनुसार, टिम अनुसार , र रंगशाला अनुसार टिकटको लागि आवेदन दिन सकिन्छ । 

टिकट बुक गर्नको लागि फिफाले टिकट बुक गर्नको लागि तयार पारेको वेबसाइटमा गई आफ्नो आइडी बनाउनु पर्छ  । त्यसपछि लग इन गरेर आफुले चाहेको टिकट बुक गर्नु पर्छ  । टिकटको लागि भिसा मार्फत पैसा तिर्नु पर्छ । तर टिकट पाएपछि मात्र पैसा तिर्ने हो । हाल एक खेलको लागि ६ वटा र अधिकतम ६० वटा टिकट बुक गर्न सकिन्छ ।  

अपाङ्गता भएका व्यक्तिहरुको लागि एक्सेसीबिलिटि टिकटको ब्यबस्था गरिएको छ ।

हेर्नुस टिकट मूल्य।  सबै मुल्य कतारी रियलमा रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved