थप ४ देश आगामी विश्वकपको लागि छनौट: इटाली बाहिरीयो, पोर्चुगल छनौट हुने सम्भावना कायमै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2022 | 09:18:08 AM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०२२ मा हुने कतार विश्वकपको लागि छनौट हुने देशको संख्या १९ पुगेको छ । पछिल्लो पटक भएको छनौट खेलबाट थप ४ देश छनौट भएसंगै विश्वकपको लागि छनौट हुने देशको संख्या १९ पुगेको हो ।

पछिल्लो खेलहरुबाट जापान, साउदी अरेबिया, इक्वेडर र उरुग्वे छनौट भएका हुन् । जापानले अष्ट्रेलियालाई २-० गोल अन्तरले पराजित गर्दै छनौट भएको हो । सोहि खेलको नतिजाको आधारमा साउदी अरेबिया चाइनासँग १-१ गोलको बराबरी खेले पनि छनौट भएको हो । त्यस्तै उरुग्वेले पेरुलाई १-० गोलले पराजित गर्दै छनौट भएको हो भने सोहि खेलको नतिजाको आधारमा इक्वेडर पनि छनौट भएको हो ।

त्यस्तै युरोपियन छनौट अन्तर्गत भने युरो कप बिजेता इटाली भने विश्वकपमा छनौट हुन असफल भएको छ । नर्थ मेसोडोनियासँग १-० गोल अन्तरले पराजित भएपछि इटाली विश्वकप छनौट हुनबाट बन्चित भएको हो । इटाली यस अघिको विश्वकपमा पनि छनौट हुन असफल भएको छ । पोर्चुगलले भने विश्वकप खेल्न सक्ने सम्भावना कायम नै रहेको छ । टर्कीलाई ३ -१ हराएपछि पोर्चुगलको सम्भावना कायम छ । अब पोर्चुगलले विश्वकपमा छनौट हुन् नर्थ मेसोडोनियालाई हराउनु पर्ने छ। हाल चलिरहेको छनौट चरणको खेलहरु २९ मार्चसम्म चल्ने छ । 

आयोजक कतार सहित जर्मनी , डेनमार्क, ब्राजिल, फ्रान्स,  बेल्जियम, क्रोएसिया, स्पेन, , सर्बिया, इंग्ल्यान्ड, स्विजरल्याण्ड, नेदरल्याण्ड, अर्जेन्टिना,  इरान र साउथ कोरिया यस अघि नै छनौट भईसकेका छन्  ।   

 विश्वकपको मुख्य प्रतियोगिता भने २१ नोभेम्बर २०२२ देखि १८ डिसेम्बर २०२२ सम्म कतारमा हुने छ। अरब देशमा पहिलो पटक विश्वकप हुन लागेकोहो भने एसियामा विश्वकप हुन लागेको यो दोस्रो पटक हो  । साथै जाडोयाममा विश्वकप हुन लागेको यो पहिलो पटक हो  । कतारको तापक्रमलाई मध्य नजर गर्दै जाडोयाममा विश्वकप हुन लागेको हो  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved