युद्दको मारमा परेको युक्रेनलाई फुटबलले दियो खुसि, अब एक खेल जिते विश्वकप खेल्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2022 | 09:33:35 AM मा प्रकाशित

laxmi  sunrise bank

युद्दको सामना गरिरहेको युक्रेनलाई फुटबलले केहि खुसि दिएको छ । युक्रेनको राष्ट्रिय फुटबल टोलीले कतारमा हुने विश्वकप छनौट खेलमा स्कटल्याण्डलाई पराजित गर्दै विश्वकपमा छनौट हुने सम्भावना कायम नै राखेको हो ।

युक्रेनले स्कटल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । अब युक्रेनले आगामी जुन ५ तारिखमा वेल्ससँग प्ले अफ खेल खेल्ने छ । त्यस खेलको बिजेताले कतारमा हुने विश्वकपमा सहभागिता जनाउन पाउने छ । कतार विश्वकपको लागि समुह बिभाजन भईसकेको छ । युक्रेन र वेल्सबीचको खेलको बिजेताले विश्वकपमा समुह बि मा स्थान बनाउने छ । त्यस समुहमा इंग्ल्यान्ड, इरान र युएसए छन् ।

युक्रेनमाथि रुसले आक्रमण गरेसंगै यो खेल २ महिना पछाडी सारिएको थियो । फिफाले भने रुसलाई प्रतिबन्ध लगाईसकेको छ । 

विश्वकपमा कुन टिम कुन समुहमा ? 

समूह ‘ए’ : कतार, नेदरल्यान्ड, सेनेगल, इक्वेडर

समूह ‘बी’ : इङ्ल्यान्ड, अमेरिका, इरान, वेल्स/युक्रेन (प्ले अफ खेल हुन् बाँकि)

समूह ‘सी’ : अर्जेन्टिना, मेक्सिको , पोल्याण्ड, साउदी अरेबिया

समूह ‘डी’ : फ्रान्स, डेनमार्क, ट्यूनिसिया, युएई/अष्ट्रेलिया/पेरू (प्ले अफ खेल हुन् बाँकि)

समूह ‘ई’ : स्पेन, जर्मनी, जापान, कोष्टारिका/न्यूजिल्याण्ड (प्ले अफ खेल हुन् बाँकि)

समूह ‘एफ’ : बेल्जियम, क्यानडा, क्रोएसिया, मोरक्को

समूह ‘जी’ : ब्राजिल, स्वीटजरल्यान्ड, सर्बिया, क्यामरून

समूह ‘एच’ : पोर्चुगल, उरुग्वे , दक्षिण कोरिया, घाना


 विश्वकपको मुख्य प्रतियोगिता भने २१ नोभेम्बर २०२२ देखि १८ डिसेम्बर २०२२ सम्म कतारमा हुने छ। अरब देशमा पहिलो पटक विश्वकप हुन लागेकोहो भने एसियामा विश्वकप हुन लागेको यो दोस्रो पटक हो  । साथै जाडोयाममा विश्वकप हुन लागेको यो पहिलो पटक हो  । कतारको तापक्रमलाई मध्य नजर गर्दै जाडोयाममा विश्वकप हुन लागेको हो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved