आज वेल्स र युक्रेनबीच प्रतिस्पर्धा: बिजेता विश्वकपमा छनौट हुने, कहाँ हेर्ने लाइभ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2022 | 02:02:03 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप छनौट खेल अन्तर्गत आज वेल्स र युक्रेनबीच प्रतिस्पर्धा हुदै छ । वेल्सको घरेलु मौदन कार्डिफमा हुने यस विश्वकप प्लेअफ फाइनलको बिजेताले  कतारमा हुने विश्वकपको लागि स्थान पक्का गर्ने छ । यो खेलको विजेता इंग्ल्याण्ड, इरान र संयुक्त राज्य अमेरिकासँगै २०२२ फिफा विश्वकपमा समूह बी मा सामेल हुनेछ। 

यस अघि दुवै टोली एक–एक विश्वकपका लागि छनोट भएका छन्। जसमा वेल्सले सन् १९५८ मा प्रतियोगिता खेलेको थियो भने युक्रेनले २००६ मा जर्मनीमा खेलेको थियो।

यदि वेल्सले जित्न सफल भयो भने, उसले ६४ वर्षपछि विश्वकपमा फर्केर  दुई विश्वकप खेलेको सबैभन्दा लामो अन्तरको कीर्तिमान तोड्नेछ। हाल, इजिप्ट र नर्वेको नाममा यो रेकर्ड छ , जो ५६ वर्षपछि विश्वकपमा छनौट भएका थिए।

वेल्सले गत मार्चमा विश्वकप छनोटमा अस्ट्रियालाई हराएको थियो र युक्रेनमा रूसको आक्रमणको बीचमा आफ्नो प्रतिद्वन्द्वी खोज्न दुई महिना भन्दा बढी कुर्नुपरेको थियो।   युक्रेनले भने स्कटल्याण्ड लाई ३-१ गोल अन्तरले पराजित गर्दै प्ले अफमा स्थान पक्का गरेको हो।

 वेल्स र युक्रेन विगतमा तीन पटक भिडेका छन् र युक्रेनले एक पटक जितेको छ र बाँकी दुई बराबरी गरेको छ। कुनै पनि पक्षले प्रतिस्पर्धात्मक खेलमा एकअर्कालाई हराउन सकेका छैनन्। युक्रेनले निकालेको जित अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा  थियो। 

युक्रेनको लागि आजको खेल भावनात्मक रुपले पनि महत्वपूर्ण छ । युद्दग्रस्त रहेको अवस्थामा आज जित निकाल्दै युक्रेनको टोली आफ्नो देशलाई फुटबल मार्फत खुसि दिने लक्ष्यमा छ ।  साथै २००६ पछि पहिलो पटक विश्वकपमा छनौट हुने लक्ष्यमा छ ।  वेल्स भने आज जित निकाल्दै ६४ वर्षपछि विश्वकपमा पुनरागमनको लक्ष्यमा छ ।  

आजको खेल नेपाली समय अनुसार बेलुका ९:४५ बजे सुरु हुने छ भने सोनी लिभमा लाइभ हेर्न सकिने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved