६४ वर्षपछि विश्वकपमा छनौट भयो वेल्स, युक्रेन स्तब्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2022 | 11:42:56 PM मा प्रकाशित

laxmi  sunrise bank
वेल्स कतारमा हुने विश्वकपको लागि छनौट भएको छ ।  विश्वकप छनौट अन्तर्गत आज भएको  प्लेअफमा युक्रेनलाई १-० गोल अन्तरले पराजित गर्दै वेल्सले विश्वकपमा स्थान पक्का गरेको हो ।

खेलमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले ३४ औ मिनेट गरेको आत्मघाती गोल नै निर्णायक बन्यो । वेल्सका कप्तान ग्यारेथ बेलले फ्रि किकमा प्रहार गरेको गोल क्लियर गर्ने क्रममा एन्ड्री यार्मोलेन्कोबाट आत्माघाती गोल गर्न पुगेका थिए। यस संगै अब वेल्स विश्वकपको समुहमा इंग्ल्याण्ड, इरान र संयुक्त राज्य अमेरिकासँगै समूह बी मा सामेल हुनेछ। 

यस अघि वेल्सले सन् १९५८ मा विश्वकप खेलेको थियो । आजको जित संगै  वेल्सले ६४ वर्षपछि विश्वकपमा फर्केर  दुई विश्वकप खेलेको सबैभन्दा लामो अन्तरको कीर्तिमान तोडेको छ । यस अघि इजिप्ट र नर्वेको नाममा यो रेकर्ड थियो , जो ५६ वर्षपछि विश्वकपमा छनौट भएका थिए।

वेल्सले गत मार्चमा विश्वकप छनोटमा अस्ट्रियालाई हराएको थियो र युक्रेनमा रूसको आक्रमणको बीचमा आफ्नो प्रतिद्वन्द्वी खोज्न दुई महिना भन्दा बढी कुर्नुपरेको थियो।   युक्रेनले भने स्कटल्याण्ड लाई ३-१ गोल अन्तरले पराजित गर्दै प्ले अफमा स्थान पक्का गरेको थियो । 

युक्रेनको लागि आजको खेल भावनात्मक रुपले पनि महत्वपूर्ण थियो । युद्दग्रस्त रहेको अवस्थामा आज जित निकाल्दै युक्रेनको टोली आफ्नो देशलाई फुटबल मार्फत खुसि दिने लक्ष्यमा थियो ।  साथै २००६ पछि पहिलो पटक विश्वकपमा छनौट हुने लक्ष्यमा थियो । तर आत्मघाती गोलले युक्रेन स्तब्ध बन्यो।  

 विश्वकपको मुख्य प्रतियोगिता २१ नोभेम्बर २०२२ देखि १८ डिसेम्बर २०२२ सम्म कतारमा हुने छ। अरब देशमा पहिलो पटक विश्वकप हुन लागेकोहो भने एसियामा विश्वकप हुन लागेको यो दोस्रो पटक हो  । साथै जाडोयाममा विश्वकप हुन लागेको यो पहिलो पटक हो  । कतारको तापक्रमलाई मध्य नजर गर्दै जाडोयाममा विश्वकप हुन लागेको हो  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved