विश्वकप फुटबल हेर्न अर्थमन्त्रीलाई कतारी राजदूतको निम्तो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2022 | 04:49:54 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलबीच शिष्टाचार भेट भएको छ । 

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा कतारी राजदूत अहमद अल हेलले कतारमा आयोजना हुन लागेको विश्वकप फुटबल २०२२ का लागि आफूलाई राजदूत अहमद अल हेलले आमन्त्रण गरेको अर्थमन्त्री शर्माले जनाएका छन् । 

विश्वकप फुटबल हेर्नका लागि आमन्त्रण गरेकोमा राजदूतलाई मन्त्री शर्माले धन्यवाद दिएका छन्। 

विश्वकप फुटबल २०२२ का खेलहरू मंसिर ५ देखि पुस ३ सम्म कतारका ५ शहरका ८ वटा रंगशालामा  हुँदैछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved