कतारमा हुने विश्वकपको लागि टिकट बुकिङ फेरि सुरु, यस्तो छ मूल्य र आवेदन दिने तरिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2022 | 04:07:13 PM मा प्रकाशित

laxmi  sunrise bank

कतारमा हुने फिफा विश्वकप प्रतियोगिताको लागि तेस्रो चरणको टिकट बिक्रि खुला भएको छ । आज मंगलबार दिउँसोदेखि टिकट बिक्रि खुला भएको हो ।

यस चरणमा पहिला आवेदन दिनेले पहिला टिकट पाउने छन् । अनलाइनबाट टिकट खरिद गरेर अनलाइन बाट नै पैसा तिर्न सकिने ब्यबस्था फिफाले गरेको छ ।  टिकटको लागि भिसा मार्फत पैसा तिर्नु पर्छ ।  

फिफाले ५ वर्गको टिकटको ब्यबस्था गरेको छ । क्याटेगरी १, २, ३, ४ र अपाङ्गता भएका व्यक्तिहरुको लागि एक्सेसीबिलिटि टिकटको ब्यबस्था गरिएको छ । जसमा क्याटेगरी ४ को टिकट कतारी नागरिकको लागि हो । क्याटेगरी १, २, र ३ को लागि जुनसुकै देशका नागरिकले आवेदन दिन सक्ने छन्।

उद्घाटन प्रतियोगिताको टिकट मूल्य  क्याटेगरी १, २, र ३ को क्रमश २२५०, १६०० र ११०० कतारी रियाल रहेको छ ।

समुह चरणको खेलकोको टिकट मूल्य  क्याटेगरी १, २, र ३ को क्रमश ८०० , ६०० र २५० कतारी रियाल रहेको छ ।

अन्तिम १६ चरणको खेलको टिकट मूल्य  क्याटेगरी १, २, र ३ को क्रमश १००० , ७५० र ३५० कतारी रियाल रहेको छ ।

क्वाटरफाइनलको टिकट मूल्य  क्याटेगरी १, २, र ३ को क्रमश १५५० , १०५० र ७५० कतारी रियाल रहेको छ ।

सेमिफाइनलको टिकट मूल्य  क्याटेगरी १, २, र ३ को क्रमश ३४८० , २४०० र १३०० कतारी रियाल रहेको छ ।

तेस्रो स्थानको खेलको टिकट मूल्य  क्याटेगरी १, २, र ३ को क्रमश १५५० , ११०० र ७०० कतारी रियाल रहेको छ ।

फाइनल खेलको टिकट मूल्य  क्याटेगरी १, २, र ३ को क्रमश ५८५० , ३६५० र २२५० कतारी रियाल रहेको छ ।

त्यस्तै फिफाले कण्डिसनल टिकटको पनि ब्यबस्था गरेको छ। जसमा आफुले पहिले आफुले हेर्न चाहेको टिमको खेलको लागि टिकट लिन सकिने छ । तर यदि आफुले खेल हेर्न चाहेको टिम माथि पुग्न नसकेमा टिकट मूल्यको लागि तिरेको पैसा फिर्ता हुने छ ।

यहाँ क्लिक गरेर टिकट खरिद प्रक्रिया सुरु गर्न सकिन्छ 

 विश्वकपको २१ नोभेम्बर २०२२ देखि १८ डिसेम्बर २०२२ सम्म कतारमा हुने छ। अरब देशमा पहिलो पटक विश्वकप हुन लागेको हो भने एसियामा विश्वकप हुन लागेको यो दोस्रो पटक हो  । साथै जाडोयाममा विश्वकप हुन लागेको यो पहिलो पटक हो  । कतारको तापक्रमलाई मध्य नजर गर्दै जाडोयाममा विश्वकप हुन लागेको हो  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved