सगरमाथाको चुचुरोमा विश्वकप फुटबलको गीत छायांकन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2022 | 03:06:28 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फिफा विश्वकप फुटबलको गीता छायांकन गरिएको छ । सगरमाथाको टाकुरोमा छायांकन गरिएको विश्वकपको नेपाली गीत सार्वजनिक भएको हो ।

गायक पूर्ण राईले गाएको गीतलाई आरोही नर्बिन मगरले लेखेका हुन् । उक्त गीतमा विकास चौधरीको संगीत छ । 

सगरमाथामा पुगेर गीत रेकर्ड गराउँन आरोही नर्बिन मगरको नेतृत्वमा आङदावा शेर्पा, स्वस्थानी मगर र दोर्ची शेर्पाले गाइडको काम गरेका थिए । 

पहिलोपटक फिफा विश्पकपको ट्रफी (रेप्लिका) फिफा सम्बद्ध २११ राष्ट्रहरूको झण्डा राखेर सगरमाथाको चुचुरोमा सुटिङ गरिएको हो । 

सन् २०२२ नोभेम्बर २१ देखि कतारमा विश्वकप फुटबलको आयोजना हुँदैछ । 

गीतः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved