विश्वकप फुटबल १ दिन अघि सर्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2022 | 12:10:43 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप फुटबलको खेल १ दिन अगाडी सरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अनुसार आगामी नोभेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अघि सरेको हो । 

नयाँ तालिका अनुसार अब नोभेम्बर २० बाट विश्वकपका खेल सुरु हुनेछन् । 

यसअघि नोभेम्बर २१ देखि मात्र सुरु हुने भनिएको विश्वकप फुटबलका खेलहरु आयोजक देश कतार र फिफा बीचको छलफलपछि १ दिन अघि सारिएको हो । आयोजक देश कतारले विगतको परम्परा अनुसार आयोजक देशले पहिलो खेल खेल्ने चलन रहेको भन्दै यसपटक पनि आफूले पहिलो खेल खेल्ने चाहना व्यक्त गरेपछि खेल १ दिन अघि सारिएको हो । 

तालिका अनुसार उद्घाटन खेल नोभेम्बर २० मा अब कतार र इक्वेडरबीच हुनेछ ।

नेपाली पात्रो अनुसार उक्त दिन मंसिर ४ गते पर्छ । नेपालमा उक्त दिन निर्वाचन तोकिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved