जर्मनीले विश्वकप जिते हरेक खेलाडीलाई ५ करोड बोनस घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2022 | 02:22:17 PM मा प्रकाशित

laxmi  sunrise bank

जर्मनीले विश्वकप जितेमा टोलीका हरेक खेलाडीले ४ लाख युरो बोनस पाउने भएका छन् । जर्मन फुटबल संघले कतारमा हुने विश्वकपको उपाधि जर्मनीले जितेमा सो बराबरको रकम खेलाडीहरुलाई बोनसको रुपमा दिने घोषणा गरेको हो 

४ लाख युरो भनेको ३ लाख ९० हजार डलर बराबर हो, जुन नेपाली रुपैयाँमा ५ करोड भन्दा बढी हो। जर्मनीले विश्वकप जितेमा हरेक खेलाडीले सो बराबरको रकम बोनसको रुपमा पाउने भएका हुन् 

यस अघि सन् २०१८ मा रुसमा भएको विश्वकप जितेमा जर्मनीको टोलीलाई ३ लाख ५० हजार युरो दिने घोषणा गरिएको थियो । तर सो समय जर्मनी समुह चरणबाट नै बाहिरिएको थियो । जर्मनीले सन् २०१४ मा विश्वकप जित्दा भने खेलाडीहरुले ३ लाख युरो बोनस पाएका थिए । 

कतारमा हुने विश्वकपमा जर्मनीले समुह चरण पार गरे खेलाडीहरुले ५० हजार युरो पाउने छन् । अन्तिम ८ मा स्थान बनाए खेलाडीहरुले १ लाख युरो बोनस पाउने छन् । त्यस्तै सेमिफाइनलमा स्थान बनाए डेढ लाख युरो पाउने छन् भने तेस्रो भएमा २ लाख युरो बोनस पाउने छन् । त्यस्तै फाइनल हारेमा खेलाडीहरुले २ लाख ५० हजार युरो बोनस पाउने छन् । 

कतार विश्वकपमा जर्मनी समुह ई मा रहेको छ । यस समुहमा जर्मनीसँगै स्पेन, कोस्टारिका र जापान रहेका छन् । जर्मनीले पहिलो खेल जापानसँग खेल्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved