Election 2079 Worldcup 2022

नेपाल टेलिभिजनबाट विश्वकपको लाइभ आउने सम्भावना टर्यो , अब कसरी हेर्न सकिन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2022 | 12:21:43 PM मा प्रकाशित

laxmi bank

नेपाल टेलिभिजनबाट विश्वकपको प्रत्यक्ष प्रसारण देखाउँने सम्भावना टरेको छ । नेपाली टेलिभिजनबाट पनि विश्वकप देखाउने विषयमा बिहिबार र शुक्रबार विभिन्न चरणमा छलफल भएपनि मिडिया हबले हिमालयन टेलिभिजनको विकल्पमा नेपाल टेलिभिजनलाई लिन नसकिने जनाएपछि नेपाल टेलिभिजनबाट विश्वकप आउने सम्भावना अन्त्य भएको हो 

बिहिबार र शुक्रबार नेपाल टेलिभिजनका संचालक समिति सदस्यहरु,  सूचना तथा प्रसारण विभागका महानिर्देशक सहितको टिम, संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिहरु र मिडिया हबबीच विभिन्न चरणमा सामुहिक तथा एकल छलफल तथा बैठक भएका थिए । छलफलमा नेपाल टेलिभिजनले आफुले पनि विश्वकप देखाउँनको लागि मिडिया हबको लागि प्रस्ताव गरेको थियो। 

नेपालमा विश्वकप प्रसारणको सम्पूर्ण अधिकार मिडिया हबले पाएको छ । मिडियाहबले हिमालयन टेलिभिजनलाई विश्वकपको लाइभ गर्ने अधिकार दिएको छ । हिमालयन टेलिभिजनसँग सम्झौता भई सम्पूर्ण कार्य समेत भईसकेकोले मिडिया हबले हिमालयन टेलिभिजनको विकल्प हुने गरि अन्य टेलिभिजनलाई प्रसारण अधिकार दिन नसकिने जनाएको थियो 

तर मिडिया हबले नेपाल टेलिभिजनलाई टेरेसट्रियल विधिबाट प्रसारण गर्ने भए त्यसको अधिकार दिन सकिने जनाएको थियो । टेरेसट्रियल विधिमा टेलिभिजन सिग्नलहरु एन्टिना मार्फत प्रवाह हुन्छ । एन्टिना राखेर प्रसारण गर्ने विधि पुरानो भईसकेकोले अहिले खासै प्रयोगमा नरहेकोले नेपाल टेलिभिजनले मिडिया हबको उक्त प्रस्ताव अस्विकार गरेको हो । यसरी मिडिया हबको प्रस्तावमा नेपाल टेलिभिजन सहमत नभएको र नेपाल टेलिभिजनको प्रस्तावमा मिडिया हब सहमत नभएकोले नेपाल टेलिभिजनबाट विश्वकप देखाउने सम्भावना टरेको हो 

यस सँगै अब विश्वकप हिमालयन टेलिभिजनबाट मात्र हेर्न सकिने छ । जसको लागि ग्राहकहरुले ५०० रुपैयाँ सेवा शुल्क र ६५ रुपैयाँ कर गरि कुल ५६५ रुपैयाँ तिर्नु पर्ने छ । तर उद्घाटन खेल , सेमिफाइनलका २ खेल र फाइनल खेल भने निशुल्क हेर्न सकिने छ । 

हाल २५ लाख् सेटअप बक्स रहेकोले र ति मध्ये ५० प्रतिशतले मात्र पनि ५६५ तिरेर विश्वकपको प्रसारण हेरेमा ५६ करोड आम्दानी हुने मिडियाहबको अनुमान छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved