को हुन् विश्वकपको उद्घाटन समारोहमा हलिउड अभिनेतासँगै देखिएका फरक क्षमताका घानिम ?

मोहम्मद रमजान अली मियाँ

मोहम्मद रमजान अली मियाँ

Nov 22, 2022 | 03:46:10 PM मा प्रकाशित

laxmi  sunrise bank

फिफा विश्वकप फुटबल २०२२ को उद्घाटन समारोहमा हलिउड अभिनेता मोर्गन फ्रिमेन फिफा २०२२ का ब्राण्ड एम्बेसडर घनिम अल मुफ्ताहसँग प्रश्न गर्छन्, "अब विश्व अझैं अनि टाढा र थप विभाजित महसुस हुन्छ, एक मात्र बाटो स्वीकार गरेर यति धेरै देश, भाषाहरु र संस्कृति एक साथ आउने तरिका के हुन सक्छ ?"

यस प्रश्नको जवाफमा घनिम अल मुफ्ताह आकशियग्रन्थ कुरआनको अध्याय सुरह हुजरातको श्लोक नम्बर १३ वाचन गर्छन्। उक्त श्लोकमा मोर्गनको प्रश्नको जवाफ छ। श्लोकमा भनिएको छ, "हे मानिसहरू ! हामीले तिमीहरू सबैलाई एउटै पुरुष र स्त्रीबाट सृष्टि  गर्यौं र तिमीलाई जात समुदाय र कबिलाहरू (गोत्रहरू) को रूप दियौं, ताकि तिमीहरुले एक अर्कालाई पहिचान गर्न सक। (वास्तवमा) अल्लाहकहाँ तिमीमध्ये सर्वाधिक प्रतिष्ठित उ हो जो तिमीहरूमध्ये (अनुचित कर्मबाट) बढी भय गर्नेवाला हुन्छ । निश्चय नै अल्लाह सबै कुरा जान्दछ, ऊ सर्वज्ञाता छ ।"

उक्त श्लोक वाचन गरे पश्चात घनिम भन्छन् 'हाम्रो विश्वास छ कि मानवजाति यस पृथ्वीमा राष्ट्र र समुदायमा बाँडिएको छ, यस कारण कि हामि एक अर्काबाट सिक्न सकौं र एक अर्काकोविचको भिन्नताको सुन्दरतालाई महसुस गर्न सकौं। '

उनी अगाडी भन्छन् 'तपाइँको व्यवहार, तपाइको स्वभाव र तपाइका कर्तब्य तपाइँलाई भिडमा सबैभन्दा ठुलो, सबैभन्दा इज्जेतदार र सबै भन्दा विशेष बनाउँछ, नकि तपाईको धन र तपाइँको शक्ति। '

उद्घाटन सत्रमा कुरआनको उक्त श्लोकको वाचन पश्चात घनिम अहिले विश्वभर चर्चामा रहेका छन्। आखिर को हुन् त घनिम ?

घनिम अल मुफ्ताहलाई बाल्यकालमै यस्तो एउटा अकल्पनीय रोग लाग्यो जस्ले गर्दा उनको मेरुदण्डको बाँकी तल्लो भाग विकसित हुन सकेन।अन्ततःउनी सदाको लागि मेरुदण्डको बिरामी हुन पुगे। उनकी आमाले उनलाई कतारको स्कुलमा पठनपाठनको निम्ति भर्ना गर्न खोज्दा अधिकांस स्कुलले घनिमलाई ग्रहण गर्न अस्विकार गरे।केही प्रयास पछि अन्ततःउनले स्कुलमा भर्ना भै शिक्षा प्राप्तिको अवसर पाए।

उनको अशक्तताको कारण अन्य बालबालिका र विद्यार्थीहरु उनी संग खेल्न मान्दैनन् थिए। घनिम अल मुफ्ताह  कतारका एक प्रख्यात मोटिवेश्नल  ( Motivational Speaker) पनि हुन्।

कतारमा उनको घरिस्सा नामको आइसक्रिम कम्पनी पनि छ जहाँ उनले १०० जनाको संख्यामा रहेका आप्रवासी श्रमिकलाई रोजगारी दिएका छन्।उनको कम्पनीको हाल कतारमा ६ वटा अन्य शाखा पनि रहेको छ। 

घनिम अल मुफ्ताहले आफ्नो परिवारको सहयोगमा एउटा परोपकारी संस्था स्थापना गरेका छन् जसको नाम"अल घानिम फाउन्डेसन" हो। यस संस्थाले विश्वका विभिन्न देशमा रहेका अशक्त ब्यक्तिहरुलाई मुख्यत ह्विल चियर (WHEEL CHAIR) वितरण गर्ने र सहयोग गर्ने गर्दछ। उनी विश्व विख्यात सामाजिक संस्था कतार फाउन्डेसन अन्तर्गतको ROTA रोटा (रिच आउट टु एशिया ) र कतार फाइनासियल सेन्टर QFC नामक संस्थाका सद्भावना दूत पनि हुन् ।घनिम अल मुफ्ताहले सन् २०१७ मा ह्विल चियर (Wherlchair) को सहयोग बिना पवित्र तिर्थस्थल मक्का गइ उम्राह पनि सम्पन्न गरिसकेका छन्। 

उनी बाल्यकाल तथा बिद्यार्थीकालमा हातमा पन्जा लगाएर फुटबल खेल्ने गर्दथे। हाल पनि उनी आफ्नो हातको सहाराले हिडडुल गर्ने गर्दछन्।उनी शारीरिक स्वस्थताको निम्ति दैनिक जिम पनि जान्छन्।फुटबल बाहेक उनी पौडी पनि खेल्दछन्।उनले आफ्नो अशक्तताका बाबजुद २०० मिटर गहिराईमा पौडी खेलेर आफ्नो कृतिमान कायम गरिसकेका छन्। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved