अनलाईनबाट भईरहेको विश्वकपको लाइभ रोक्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2022 | 03:34:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दुरसंचार प्राधिकरणले अनलाईनबाट भईरहेको विश्वकपको प्रसारण रोक्न सम्पूर्ण इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले फेसबुक, ट्वीटर, युट्युब, लगायत अन्य अनलाइन माध्यमबाट भईरहेको विश्वकपको प्रसारण रोक्न निर्देशन दिएको हो ।

प्राधिकरणले इन्टरनेटमा आधारित ओटीटी प्लेटफर्महरुबाट अनधिकृत प्रशारण हुँदा विश्वकप प्रसारणको लागि अधिकार लिएको संस्थाहरुको कानुनी अधिकार हनन र आर्थिक तथा व्यवसायिक नोक्सानी पर्ने भएकोले त्यस्ता अनधिकृत प्रसारणलाई बन्द गराइदिन इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गरेको हो।

  फिफा वर्ल्ड कप फुटबल कतार २०२२ को नेपालभर प्रत्यक्ष प्रशारणको अधिकार मिडिया हबले पाएको छ । आधिकारिक रुपमा हिमालयन टेलिभिजन एच.डी. प्रिमियरबाट मिडियाहबले विश्वकप प्रत्यक्ष प्रशारण गरिरहेको छ। नेपालको लागि विश्वकप प्रसारणको सम्पूर्ण अधिकार मिडिया हबमा रहेको छ । 

तर मिडियाहबले विश्वकप हेर्नको लागि ग्राहकसँग थप ५६५ रुपैयाँ असुल गर्ने निर्णय गरेपछि अधिकांश दर्शकले विभिन्न माध्यमबाट अनलाइन बाटै विश्वकप हेर्न थालेका थिए । अहिले प्राधिकरणले अनलाइनबाट हुने सम्पूर्ण प्रसारण रोक्ने ब्यबस्था गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved