विश्वकप उपाधि दाबेदार ब्राजिललाई झड्का : नेयमार र डानिलोले नखेल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2022 | 10:29:15 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकपको उपाधि दाबेदार ब्राजिललाई धक्का लागेको छ । ब्राजिलका स्ट्राइकर नेयमारको गोलीगाँठामा चोट लागेपछि समुह चरणका आगामी खेल खेल्न नसक्ने अवस्थामा पुगेका छन् ।

टोलीका चिकित्सकका अनुसार टोलीका स्टार खेलाडी नेयमार दाहिने गोलीगाँठामा चोट लागेका कारण आगामी दुई खेलबाट बाहिरिएका छन् ।यसको मतलब नेयमारले कतार विश्वकपमा समूह चरणका कुनै पनि खेल खेल्न पाउने छैनन् ।

सर्बियाविरुद्धको खेलको ८० औं मिनेटमा ३० वर्षीय नेयमार घाइते भएका थिए । नेयमारको गोलीगाँठामा उपचार भइरहेको बेला उनले अनुहार छोपेका थिए । खुट्टा सुन्निएको देखिन्थ्यो । 

यसैबीच ब्राजिलका अर्का खेलाडी डानिलो पनि खुट्टाको चोटका कारण आगामी दुई खेल खेल्न नसक्ने भएका छन् । टोलीका चिकित्सकका अनुसार दुवै खेलाडीको लिगामेन्टमा चोट लागेको छ । दुवै खेलाडीलाई आराम दिएर टोलीका आगामी महत्वपूर्ण खेल खेल्नका लागि चोटबाट निको हुने मौका दिइएको छ ।

नेयमारको दाहिने खुट्टामा पछिल्ला केही वर्षयता पटकपटक चोट लागेको छ । लिगामेन्टको चोटका कारण नेयमारले २०१९ कोपा अमेरिका कप पनि खेल्न पाएनन् । यस्तै एउटा चोटका कारण उनी २०२१ मा पनि केही साता टिम बाहिर थिए ।

ब्राजिलले पहिलो खेलमा सर्बियालाई २-० गोल अन्तरले हराएको थियो । अब ब्राजिलले स्विजरल्याण्ड र क्यामरुनसँग खेल्न बाँकि छ। नेयमारले यी दुवै खेल गुमाउने छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved