यस्तो छ डिशहोमबाट फिफा विश्वकप हेर्ने प्याकेज खरिद गर्ने तरिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2022 | 04:55:32 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोमले विभिन्न तरिकाबाट आफ्नो टिभीमा फिफा विश्वकप प्याकेज खरिद गर्न सक्ने ब्यबस्था गरेको छ। यद्यपि  बेलुकी खेल सुरु हुने समयतिर प्याकेज खरिद गर्दा ग्राहकहरुको चाप अत्याधिक हुने हुँदा छिटो च्यानल खुलाउन सकेसम्म बिहानै अथवा दिउँसोको समयमा खरिद प्रक्रिया पुरा गर्न डिशहोमले जनाएको छ।

यस्ता छन् प्याकेज खरिद गर्ने तरिका : 

१. नियमित रिचार्ज

DishHome मा FIFA World Cup Package खरिद गर्न सर्वप्रथम तपाँईको Set-Top Box Active State मा अथवा डिशहोमको नियमित प्याकेज रिचार्ज भएको हनुपर्दछ । यदि तपाँईले रिचार्ज गरिसक्नुभएको छ र तपाँईको Set-Top Box चालु अवस्थामा छ भने सो Set-Top Box को रिचार्ज सकिने मिति 19-December 2022 (४ पौष, २०७९) भन्दा पछि सम्मको हुनु पर्नेछ । आफ्नो रिचार्ज सकिने मितिको जानकारी तपाँईले Remote को CAS लेखिएको Button थिचेर टिभीमा पनि हेर्न सक्नुहुन्छ । यदि 19-December 2022 भन्दा अगावै तपाँईको Set-Top Box को रिचार्ज सकिदैं छ भने FIFA WORLD CUP Package खरिद गर्नु भन्दा पहिला तपाईको Set-Top Box नियमित रिचार्ज गर्नु पर्नेछ । नियमित रिचार्ज गर्दा र FIFA WORLD CUP Package खरिद गर्दा छिटो च्यानल खुलाउन खरिद प्रक्रिया अवधिभर कृपया आफ्नो Set-Top Box ON गरेर च्यानल नं. 982 वा 170 लगाएर राख्नुहोला ।


२. FIFA WORLD CUP Package खरिद गर्न CAS ID को प्रयोग

FIFA WORLD CUP Package खरिद गर्न अनिवार्य रुपमा Set-Top Box को CAS ID नै प्रयोग गर्नु पर्ने हुन्छ । CAS ID तपाँईले प्रयोग गरिरहनु भएको Set-Top Box को पछाडीको स्टिकरमा प्रस्ट लेखिएको हुन्छ अथवा तपाँईले च्झयतभ को CAS लेखिएको Button थिचेर टिभीमा पनि CAS ID हेर्न सक्नुहुन्छ । CAS ID 11 अंकको हुन्छ र 719 वा 025 बाट सुरु भएको हुन्छ । १ भन्दा वढी Connection (Multi TV) का ग्राहकहरुको Customer ID एउटै भए पनि प्रत्येक Set-Top Box को CAS ID फरक फरक हुन्छ, त्यसैले जुन Set-Top Box बाट FIFA WORLD CUP Package खरिद गर्ने हो सोही

Set-Top Box को CAS ID प्रयोग गर्नुपर्नेछ । विश्वकप प्रसारण हुने च्यानलहरु (982 HD र 170 SD) प्रति Set-Top Box रु. 565 अतिरिक्त तिरेर मात्रै खुलाउन सकिन्छ ।


३. डिलर दाई मार्फत FIFA WORLD CUP Package खरिद प्रक्रिया

तपाँईको Set-Top Box को नियमित प्याकेज रिचार्ज भैसकेपछि सो Set-Top Box मा FIFA WORLD CUP Package खरिद गर्न सकिन्छ । सजिलै FIFA WORLD CUP Package खरिद गर्न आफ्नो Set-Top Box को CAS ID लिएर सकेसम्म नजिकैको डिलर दाईकोमा सम्पर्क गर्नुहोला ।

अनलाइन पेमेन्ट वालेट मार्फत प्याकेज खरिद तरिका

Online Payment Services हरु मार्फत FIFA WORLD CUP Package खरिद गर्न आफुले प्रयोग गर्ने Online Payment Service अनुसार निम्न प्रक्रिया पालना गनुहोस् ।


आईएमई पे

IME Pay को App खोल्नुहोस्

FIFA WORLD CUP 2022 लेखिएको मुनि DishHome छनौट गर्नुहोस्

CAS ID लेखिएको ठाँउमा आफ्नो Set-Top Box को CAS ID राख्नुहोस् (जुन 11 अंकको हुन्छ र 719 वा 025 बाट सुरु भएको हुन्छ) र Next Button थिच्नुहोस्

Cinema Details लेखिएको मुनि FIFA WORLD CUP 2022 छनौट गर्नुहोस् तल Select Cinema लेखिएको अर्को खाली बक्स देखा पर्छ

Select Cinema लेखिएको बक्समा FIFA WORLD CUP छनौट गरि Next Button थिच्नुहोस्

यसपछिको Screen मा तपाईले तिर्ने रकम रु 565 देखिएपछि Next Button थिच्नुहोस्

यसपछि आफ्नो IME Pay को Password राखेर Next Button थिच्नुहोस् तपाईको खरिद प्रक्रिया पुरा हुन्छ र खरिद प्रक्रिया पुरा भएको जानकारी प्राप्त हुन्छ ।


खल्ती

Khalti को App खोल्नुहोस्

Khalti को Home Screen मा देखिएको FIFA WORLD CUP Package मा Click गर्नुहोस्

FIFA WORLD CUP Package लेखिएको मुनि DishHome छनौट गर्नुहोस्

DishHome World Cup मुनि CAS ID लेखिएको ठाँउमा आफ्नो Set-Top Box को CAS ID (जुन 11 अंकको हुन्छ र 719 वा 025 बाट सुरु भएको हुन्छ) र Get Details थिच्नुहोस्

Package लेखिएको ठाँउमा FIFA WC 2022 छनौट गर्नुहोस् र Next Button थिच्नुहोस् त्यसपछि तपाईले तिर्ने रकम रु. 565 देखाउँछ यसपछि फेरी Next Button थिच्नुहोस्

Payment Option मा Khalti Wallet लाई Select गर्नुहोस् र देखिएको Confirm Your Payment Details मा आफ्नो विवरण जाँच गरेर OK थिच्नुहोस् तपाईको खरिद प्रक्रिया पुरा हुन्छ र खरिद प्रक्रिया पुरा भएको जानकारी प्राप्त हुन्छ ।


ईसेवा 

eSewa को App खोल्नुहोस्

eSewa को Home Screen मा FIFA WORLD CUP 2022 लेखिएको मुनि DishHome PPV (World Cup Packages) छनौट गर्नुहोस्

CAS ID/Chip ID/Customer ID लेखिएको बक्समा आफ्नो Set-Top Box को CAS ID राख्नुहोस् (जुन 11 अंकको हुन्छ र 719 वा 025 बाट सुरु भएको हुन्छ) र Proceed Button थिच्नुहोस्

यसपछि यदि Login मागेमा आफ्नो eSewa को username र password राखेर Login गर्नुहोस्

अव तपाँईले राख्नुभएको CAS ID को Details देखाउँछ त्यसको मुनी Package लेखिएको ठाउँमा FIFA WORLD CUP 2022 छनौट गर्नुहोस् र STB Number लेखिएको बक्समा आफ्नो Set-Top Box को 11 अंकको CAS ID राख्नुहोस् र Proceed Button थिच्नुहोस्

अव आफ्नो विवरण जाँच गरेर Confirm Button थिच्नुहोस्

यसपछि आफ्नो eSewa को Transaction Code राखेर Confirm Button थिच्नुहोस् तपाईको खरिद प्रक्रिया पुरा हुन्छ र खरिद प्रक्रिया पुरा भएको जानकारी प्राप्त हुन्छ ।


FIFA WORLD CUP Pacakge खरिद गरिसकेपछि FIFA WORLD CUP आउने च्यानल खुल्न केही समय लाग्न सक्नेछ कृपया धैर्य गर्नुहोला ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved