विश्वकपमा अब ८ खेल र ८ टिम बाँकि: २ दिन खेल नहुने, यस्तो छ अबको तालिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2022 | 09:26:56 AM मा प्रकाशित

laxmi  sunrise bank

कतारमा जारी विश्वकप फुटबलमा राउण्ड अफ १६ चरणक खेलहरु सकिएका छन् । यस सँगै अब विश्वकपको उपाधी दौडमा ८ टिम मात्र  बाँकि रहेका छन् भने खेल पनि ८ वटा नै बाँकि रहेको छ ।

क्रोएसिया , ब्राजिल, नेदरल्याण्ड, अर्जेन्टिना, मोरोक्को, पोर्चुगल, इंग्ल्यान्ड र फ्रान्स क्वाटरफाइनलमा पुगेका छन् । आज बुधबार र बिहिबार आरामको समय रहेको छ अर्थात् आज बुधबार र भोलि बिहिबार कुनै खेल हुने छैन ।  

अब शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु हुने छन् । पहिलो क्वाटरफाइनल खेलमा शुक्रबार बेलुका ८:४५ बजे क्रोएसिया र ब्राजिल भिड्ने छन् । क्रोएसियाले जापानलाई र ब्राजिलले साउथ कोरियालाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । 

त्यस्तै शुक्रबार रातको १२:४५ बजे नेदरल्याण्ड र अर्जेन्टिना भिड्ने छन् । नेदरल्याण्डले अमेरिकालाई र अर्जेन्टिनाले अष्ट्रेलियालाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

शनिवार साँझ ८:४५ बजे मोरोक्को र पोर्चुगल भिड्ने छन् । मोरोक्कोले स्पेनलाई र पोर्चुगलले स्विजरल्याण्डलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । त्यस्तै अन्तिम क्वाटरफाइनल खेलमा शनिवार राति १२:४५ बजे इंग्ल्यान्ड र फ्रान्स भिड्ने छन् । इंग्ल्यान्डले सेनेगल र फ्रान्सले पोल्याण्डलाई पराजित गरेका क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।

शुक्रबार हुने खेलका २ बिजेता सेमिफाइनलमा प्रवेश गरेर सेमिफाइनलमा एक आपसमा भिड्ने छन् । त्यस्तै शनिवार हुने खेलका २ बिजेता सेमिफाइनलमा प्रवेश गरेर सेमिफाइनलमा एक आपसमा भिड्ने छन् । सेमिफाइनलमा जित्ने २ टोलीले फाइनल खेल्ने छन् ।  सेमिफाइनलमा पराजित हुने २ टोलीले तेस्रो स्थानको लागि खेल्ने छन् ।

अब विश्वकपमा क्वाटरफाइनलका ४ खेल, सेमिफाइनलका २ खेल, तेस्रो स्थानका १ खेल, र फाइनल १ खेल गरि कुल ८ वटा खेल हुने छन् । अब बाँकि रहेका तिम्पानी ८ नै छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved