विश्वकपको क्वाटरफाइनल चरण आजदेखि, पहिलो खेल नै ब्राजिलको

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2022 | 08:45:42 AM मा प्रकाशित

laxmi  sunrise bank

कतारमा जारी विश्वकप फुटबलमा आज शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु हुँदै छन् । क्रोएसिया , ब्राजिल, नेदरल्याण्ड, अर्जेन्टिना, मोरोक्को, पोर्चुगल, इंग्ल्यान्ड र फ्रान्स क्वाटरफाइनलमा पुगेका छन् । 

यस सँगै अब विश्वकपको उपाधी दौडमा ८ टिम मात्र  बाँकि रहेका छन् भने खेल पनि ८ वटा नै बाँकि रहेको छ । पहिलो क्वाटरफाइनल खेलमा शुक्रबार बेलुका ८:४५ बजे क्रोएसिया र ब्राजिल भिड्ने छन् । क्रोएसियाले जापानलाई र ब्राजिलले साउथ कोरियालाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।त्यस्तै शुक्रबार रातको १२:४५ बजे नेदरल्याण्ड र अर्जेन्टिना भिड्ने छन् । नेदरल्याण्डले अमेरिकालाई र अर्जेन्टिनाले अष्ट्रेलियालाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

शनिवार साँझ ८:४५ बजे मोरोक्को र पोर्चुगल भिड्ने छन् । मोरोक्कोले स्पेनलाई र पोर्चुगलले स्विजरल्याण्डलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । त्यस्तै अन्तिम क्वाटरफाइनल खेलमा शनिवार राति १२:४५ बजे इंग्ल्यान्ड र फ्रान्स भिड्ने छन् । इंग्ल्यान्डले सेनेगल र फ्रान्सले पोल्याण्डलाई पराजित गरेका क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।

शुक्रबार हुने खेलका २ बिजेता सेमिफाइनलमा प्रवेश गरेर सेमिफाइनलमा एक आपसमा भिड्ने छन् । त्यस्तै शनिवार हुने खेलका २ बिजेता सेमिफाइनलमा प्रवेश गरेर सेमिफाइनलमा एक आपसमा भिड्ने छन् । सेमिफाइनलमा जित्ने २ टोलीले फाइनल खेल्ने छन् ।  सेमिफाइनलमा पराजित हुने २ टोलीले तेस्रो स्थानको लागि खेल्ने छन् ।

अब विश्वकपमा क्वाटरफाइनलका ४ खेल, सेमिफाइनलका २ खेल, तेस्रो स्थानका १ खेल, र फाइनल १ खेल गरि कुल ८ वटा खेल हुने छन् । अब बाँकि रहेका टिम पनि ८ नै छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved