सेमिफाइनलको लागि पोर्चुगल र मोरक्को भिड्दै, ३६ बर्ष अगाडीको इतिहास दोहोर्याउने दाउमा मोरक्को

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2022 | 08:48:21 PM मा प्रकाशित

laxmi  sunrise bank

कतारमा जारी फुटबल विश्वकपमा आज अफ्रिकन अरब राष्ट्र मोरक्कोले पोर्चुगलसँग प्रतिस्पर्धा गर्दैछ। अरब राष्ट्र बाट विश्वकप फुटवलको क्वाटरफाइनलमा पुगेको यो नै पहिलो पटक हो। 

आजको प्रतियोगिता हेर्नका लागि मोरक्कोका मानिसहरु आफ्नो घरमा तथा क्याफे र सपिङ्ग सेन्टरमा एक जुट भएका छन्। मोरक्कोको राष्ट्रीय फुटबल टिम क्वाटर फाइनलमा पुगेपछि मोरक्कोमा आज जिनजीवन पुरै शान्त र स्थिर देखिएको छ।  

मोरक्कोका नागरिकहरु आज हने खेलका लागि क्याफे तथा नजिकैको सिनेमा हलहरुमा जम्मा हुन थालेका छन्। मोरक्कोको प्रमुख शहर कासाब्लाकामा क्याफे भरिभराउ छन् भने फुटबल हेर्नलाई परिवार तथा साथीभाईहरु एकै ठाउँ जम्मा हुँदैछन्। 

मोरक्कोलाई समर्थन गर्दै त्यहाँका स्थानीयहरु राष्ट्रिय टिमको जर्सी लगाएर र हातमा झण्डा लिएर खेल हेर्ने तयारी गरिरहेका छन्। 

यातायात व्यवस्था सुचारू राख्नका लागि मोरक्ककोका प्रमुख शहरहरुमा ट्राफिक प्रहरीको संख्या उल्लेख्य खटाईएको छ भने सुरक्षा व्यवस्था पनि कडा गरिएको छ। 

मोरक्कोको फुटबल टिमलाई एटलस लायन्स भनिन्छ। मोरक्कोका मानिसहरुमा उनीहरुको देशले सन् १९८६ को जस्तो जादुमय खेल प्रस्तुत गर्ने बिश्वास छ। सन् १९८६ मा मोरक्कोले पोर्चुगललाई हराएको थियो। 

पोर्चुगल र मोरक्को मध्ये जसले जित हासिल गर्छ उ सेमीफाइनल प्रवेश गर्नेछ। यस अगाडी यी दुवै देश विश्वकपमा दुई पटक एक अर्काको सामना गरेका छन्। सन् १९८६ को विश्वकपमा मोरोक्कोले पोर्चुगललाई ३-१ ले पराजित गरेको थियो भने सन् २०१८ मा पोर्चुगलले मोरक्कोलाई १-० गोलले पराजित गरेको थियो। 


यस अगाडी हिजो शुक्रबार भएको खेलबाट ब्राजिललाई हराएर क्रोएसिया तथा नेदरल्याण्डलाई हराएर अर्जेन्टिना सेमी फाइनल प्रवेश गरेका छन्। दुवै खेलमा पेनाल्टी शुटआउटबाट विजेताको टुङ्गो लागेको थियो।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved