मोरोक्कोले दोहोर्यायो ३६ बर्ष अघिको इतिहास, बन्यो सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन अरब राष्ट्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2022 | 11:20:00 PM मा प्रकाशित

laxmi  sunrise bank

कतारमा जारी विश्वकप २०२२ को उपाधिको दाबेदार मानिएको पोर्चुगललाई पराजित गर्दै मोरोक्को जारी प्रतियोगिताको सेमीफाईनल पुगेको छ। आज नेपाली समय ८ बजेर ४५ मिनेट जाँदा सुरु भएको क्वाटरफाइनलको खेलमा मोरोक्कोले पोर्चुगललाई १-० ले पराजित  गरेको हो। 

खेलको ४२ औं मिनेटमा मोरोक्कोको लागि युसुफ एन नेस्रीले गरेको गोलनै आजको खेलमा निर्णायक गोल बन्न पुगेको हो। निर्धारित ९० मिनेट सकिएपछि थपिएको अतिरिक्त समय ८ मिनेट सकिन ६ मिनेट अगाडी मोरोक्कोका वलिद चिदाराले दोस्रो पहेलो कार्ड खादै रेड कार्ड पाएर मैदानबाट बाहिरीए। १० खेलाडीमा सिमित मोरोक्कोको टिमलाई बाँकी ६ मिनेटको खेल अत्यन्त चुनौतिपूर्ण रहन पुग्यो। 

यो जितसँगै मोरोक्कोले ३६ बर्ष अगाडीको इतिहास दोहोर्याएको छ। ३६ बर्ष अगाडी सन १९८६ मा मोरोक्कोले पोर्चुगललाई ३-१ ले पराजित गरेको थियो। यतिमात्र नभई आजको जितसंगै  विश्वकप फुटबल प्रतियोगितामा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन अरब राष्ट्र बन्न सफल भएको छ। 

यस अगाडी हिजो शुक्रबार भएको खेलबाट ब्राजिललाई हराएर क्रोएसिया तथा नेदरल्याण्डलाई हराएर अर्जेन्टिना सेमी फाइनल प्रवेश गरेका छन्। दुवै खेलमा पेनाल्टी शुटआउटबाट विजेताको टुङ्गो लागेको थियो।  

सेमीफाइनलको लागि आज राति १२.४५ मा फ्रान्स र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved