विश्वकपको तेस्रो स्थानको लागि क्रोएसिया र मोरोक्को भिड्दै, २४ दिन मै फेरी आमनेसामने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2022 | 06:14:22 PM मा प्रकाशित

laxmi  sunrise bank

कतारमा जारी विश्वकप फुटबल अन्तर्गत आज शनिवार तेस्रो स्थानको लागि खेल हुदै छन् । सेमिफाइनलमा पराजित भएका क्रोएसिया र मोरोक्कोले तेस्रो स्थानको लागि खेल्न लागेका हुन् । खेल नेपाली समय अनुसार ८:४५ बजे हुने छ ।

सेमिफाइनलमा अर्जेन्टिनाले कोएसियालाई ३-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै अर्को सेमिफाइनलमा फ्रान्सले मोरोक्कोलाई २-० गोल अन्तरले हराएको थियो । सेमिफाइनलमा पराजित भएका क्रोएसिया र फ्रान्स आज तेस्रो स्थानको लागि एक आपसमा भिड्न लागेका हुन् । क्रोएसिया सन् २०१८ को उपविजेता हो भने मोरोक्को पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।

क्रोएसिया र मोरोक्को दुवै समुह एफमा थिए । मोरोक्को २ खेलमा जित, र १ मा बराबरी खेल्दै ७ अंक सहित समुह बिजेता बनेर नकआउट पुगेको हो । त्यस्तै क्रोएसिया १ खेलमा जित र २ खेल बराबरी खेलेर ५ अंक सहित उपविजेताको रुपमा नकआउट पुगेको हो । समुह चरणमा क्रोएसिया र मोरोक्कोबीचको खेल गोल रहित बराबरीमा रोकिएको थियो । यी दुई टोलीले विश्वकपको पहिलो खेल जुन टोलीसँग खेलेका थिए, अन्तिम खेल पनि सोहि टोलीसँग खेल्ने भएका हुन् ।

क्रोएसियाले नक आउटमा जापानलाई पेनाल्टीमा हराउदै क्वाटरफाइनल पुगेको थियो । त्यस्तै मोरोक्कोले नक आउटमा स्पेनलाई पेनाल्टीमा हराउदै क्वाटरफाइनल पुगेको थियो । क्वाटरफाइनलमा क्रोएसियाले ब्राजिललाई पेनाल्टीमा हराउदै सेमिफाइनलमा पुगेको थियो। क्वाटरफाइनलमा मोरोक्कोले पोर्चुगललाई हराउदै सेमिफाइनल पुगेको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved