विश्वकप जितेको अर्जेन्टिनाले पायो ५ अर्ब ५७ करोड पुरस्कार, अन्य ३१ टिमले कति पाए ? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2022 | 11:02:43 AM मा प्रकाशित

laxmi  sunrise bank

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।  कतारको दोहास्थित लुसेल रङ्गशालामा भएको २२औँ संस्करणको फाइनल खेलमा  फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक उपाधि जितिसकेको छ । 

अर्जेन्टिना विश्वपकपको समूह चरणको पहिलो खेलमा साउदी अरेवियासँग पराजित भएपनि उपाधि उचाल्न सफल भयो । अर्जेन्टिना यसअघि सन् २०१४ मा फाइनल पुगेको थियो । उक्त फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो ।

फिफालेयस पटकको विश्वकपको लागि कुल ४४० मिलियन डलर पुरस्कार राशी राखेको थियो । जुन सबै टिमले पाउने छन् । एक खेल पनि नजितेपनि सहभागी भएका टिमले पुरस्कार पाउने छन् । 

उपाधि जितेको अर्जेन्टिनाले ४२ मिलियन अमेरिकी डलर नगद पुरस्कार जितेको छ  । चार वर्षअघि रूसमा भएको विश्वकपमा विजेता फ्रान्सले ३८ मिलियन डलर पुरस्कार पाएकोमा यस पटक पुरस्कार रकम ४ मिलियन डलरले बढाईएको थियो ।  

त्यस्तै उपविजेता फ्रान्सले  ३० मिलियन अमेरिकी डलर पाएको छ भने तेस्रो भएको क्रोएसियाले २७ मिलियन डलर र चौथो भएको मोरोक्कोले २५ मिलियन डलर पाएको छ। 

क्वार्टरफाइनलबाट बाहिरिएका पोर्चुगल, ब्राजिल , नेदरल्याण्ड र इङ्ल्याण्डले समान १७ मिलियन अमेरिकी डलर पाएका छन् ।  अन्तिम १६ मा पुगेका स्विजरल्याण्ड, स्पेन , पोल्याण्ड, सेनेगल, दक्षिण कोरिया, जापान , अष्ट्रेलिया र अमेरिकाले समान १३ मिलियन डलर पाएका छन् । समुह चरणबाट नै बाहिरिएका १६ टिमले ९ मिलियन डलर पाएका छन् । 

हेर्नुस् विश्वकपमा सहभागी भएका ३२ टिमले पाएको पुरस्कार रकम र त्यसको अनुमानित नेपाली रुपैयाँ  । 

बिजेता अर्जेन्टिना- ४२ मिलियन अमेरिकी डलर (५ अर्ब ५७ करोड ९६ लाख ३२ हजार ८ सय)
उप बिजेता फ्रान्स- ३० मिलियन अमेरिकी डलर (३ अर्ब ९८ करोड ५४ लाख ५२ हजार)
सेमिफाइनलबाट बाहिरिने टिम
तेस्रो भएको क्रोएशिया- २७ मिलियन अमेरिकी डलर (३ अर्ब ५८ करोड ६९ लाख ६ हजार ८ सय)
चौथो भएको मोरोक्को- २५ मिलियन अमेरिकी डलर (३ अर्ब ३२ करोड १२ लाख १० हजार)

क्वार्टरफाइनलबाट बाहिरिने टिम
पोर्चुगल- १७ मिलियन अमेरिकी डलर (२ अर्ब ५८ करोड ८४ लाख २२ हजार ८ सय)
इङ्ल्याण्ड- १७ मिलियन अमेरिकी डलर (२ अर्ब ५८ करोड ८४ लाख २२ हजार ८ सय)
ब्राजिल - १७ मिलियन अमेरिकी डलर (२ अर्ब ५८ करोड ८४ लाख २२ हजार ८ सय)
नेदरल्याण्ड - १७ मिलियन अमेरिकी डलर (२ अर्ब ५८ करोड ८४ लाख २२ हजार ८ सय)

अन्तिम १६ मा पुग्ने टिम
स्वीटजरल्याण्ड- १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय)
स्पेन - १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय)
पोल्याण्ड - १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय)
सेनेगल - १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय)
दक्षिण कोरिया - १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय)
जापान - १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय)
अष्ट्रेलिया - १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय)
अमेरिका - १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय)
समूह चरणबाट बाहिरिने टिम

घाना -९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
उरूग्वे -९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
सर्विया -९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
क्यामरून - ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
क्यानडा -९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
बेल्जियम -९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
कोष्टारिका - ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
जर्मनी - ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
डेनमार्क - ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
ट्यूनिसिया - ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
साउदी अरेबिया - ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
मेक्सिको - ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
वेल्स- ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
इरान- ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
इक्वेडर - ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
कतार - ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved