८ लाख पर्यटक पदयात्राका लागि भित्र्याउने टानको लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 12:07:57 PM मा प्रकाशित

laxmi  sunrise bank

‘नेपाल भ्रमण वर्ष २०२०’का समय अवधिभर ट्रेकिङका लागि मात्रै ८ लाख विदेशी पर्यटक भित्र्याउले लक्ष्य पदयात्रा व्यवसायीले लिएका छन् । भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिईएकोमा पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) ले सरकारी लक्ष्यको ४० प्रतिशत अर्थात् ८ लाख पर्यटक पदयात्राकै लागि भित्र्याउने लक्ष्य लिएको छ ।

 टानका अध्यक्ष खुम बहादुर सुवेदीका अनुसार हाल पदयात्रका लागि करिब ४ लाखको हाराहारीमा पर्यटक नेपाल आउने गरेका छन् । अब त्यो संख्या दोब्बर बनाएर ८ लाख पुर्याउने लक्ष्य लिइएको उनको भनाई छ । सन् २०२० भित्रमा नेपाल आउने पर्यटकलाई शुल्कमा १५ प्रतिशत छुट दिन व्यसायीलाई अनुरोध गरेको टानले ८ लाख पर्यटक भित्र्याउने लक्ष्य भेट्टाउने गरी व्यवसायको गति बढाउन र विभिन्न देशमा नेपालको प्रचार गर्न आफ्ना सदस्य कम्पनीहरुलाई सर्कुलर समेत गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved